आरसीबीलाई हराउदै आरआर दोश्रो क्वालिफायर राउण्डमा प्रवेश

   १० जेष्ठ २०८१, बिहीबार ०७:३१  

अमदाबाद, एजेन्सी । आइपीएलका एलिमिनेटर खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ४ विकेटले पराजित गरी क्वालिफायर राउण्डमा प्रवेश गरेका छन् ।
नरेन्द्र मोदी रंगशाला अहमदाबादमा बुधबार राति सम्पन्न भएको इलिमिनेटर खेलमा राजस्थानले बेंगलुरलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा सनराइज हैदराबाद सँग खेल्ने भएका हुन् ।
लिग चरणमा दोस्रो हुँदै प्लेअफमा पुगेको हैदराबाद कोलकातासँग पराजित भएको थियो । विजयी भएको कोलकाता भने फाइनल पुगिसकेको छ ।
इलिमिनेटर खेलमा बेंगलुरले दिएको १७३ रनको लक्ष्य राजस्थानले ६ विकेटको क्षतिमा १९ ओभरमै पुरा गरे ।
राजस्थानका यशस्वी जैसवालले ४०, रियान परागले ३६, सिमरन हेटमायरले २६  र टम कोहलर–क्याडमोरले २० रनको योगदान दिए ।
् बेंगलुरका मोहम्मद सिराजले २, लोकि फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान एक÷एक विकेट दिलाए पनि टिमलाई हारबाट जोगाउन सकेनन ।
पहिले ब्याटिङ गरेको बेंगलुरले ८ विकेट गुमाएर १७२ रन बनाएको थियो । रजत पतिदरले ३४, विराट कोहलीले ३३, महिपाल लोम्रोरले ३२ र क्यामरन ग्रीनले २७ रन जोडेका थिए ।
राजस्थानका आवेश खानले ३, रवीचन्द्रण आश्विनले २, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजभेन्द्र चहलले एक÷एक विकेट लिए । दोस्रो क्वालिफायर खेल शुक्रबार हुनेछ । यो खेल जित्ने टोलीले आइतबार कोलकातासँग फाइनल खेल्ने पक्का गर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै