रामकृष्ण ढकाल र अन्जु पन्तको गित माछीले चलायो पानी सार्वजनिक

   १६ आश्विन २०७८, शनिबार ०६:५८  

रौतहट । लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको युगल स्वर रहेको सुमधुर गीत ‘माछीले चलायो पानी’ सार्वजनिक भएको छ । ऋषिराम देवकोटाको शब्द रहेको गीतमा विशिष्ट संगीतकार आलोकश्रीको संगीत छ ।
प्रेमी प्रेमिकाले एक अर्काको सम्झनामा व्यक्त गर्ने मनका भावना समेटिएको गीतमा प्रेमकथा रहेको छ । गीतको आकर्षक भिडियो समेत निर्माण भएको छ । जसमा अभिनेता दीलिप रायमाझी र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा दीलिप र गरिमालाई प्रेमीको रुपमा देख्न सकिन्छ ।
प्रेमिका भेट्न हिँडेका दीलिप र प्रेमीको पर्खाइमा रहेकी गरिमाको भिडियो अभिनय सुहाउँदो छ । आलोकश्रीका संगीतले मनमोहक बनेको गीतलाई भिडियोले सिगार्ने काम गरेको छ । गुञ्जन इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, भरत रेग्मीको सम्पादन छ ।
भिडियोको निर्देशन मौसम हिमालले गरेका हुन् । भिडियो संगीतकार आलोकश्रीको आफ्नै युट्युव च्यानल आलोक श्रीबाट सार्वजनिक भएको छ । गीत दर्शक तथा श्रोताले रुचाउनेमा आफु विश्वस्त रहेको संगीतकार आलोकश्रीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै