रौतहट, १० जेठ । प्राकृतिक श्रोत सम्पदाको प्रत्यक्ष रुपमा दोहन गर्दै पर्यावरण संग खेलवाड गर्नेहरुको यतिखेर रौतहटमा मस्ती कटिरहेका छन् ।
बागमती, लाल बमैया, चाँदी, हर्दिया, धनसर सहितका नदिको धार परिवर्तन हुने गरी मापदण्ड विपरित दर्जनौं स्थानमा एक्जाभेटर प्रयोग गरेर ठूलठूला हात्ती डुब्ने खाल्डो खनेर नदीजन्य बस्तुहरु निकालीरहदा पनि सम्बन्धित स्थानीय सरकार प्रमुख, जिल्ला अनुगमन समितिका पदाधिकारीहरु चुप लागेर बसेका हुन् ।
त्यती मात्रै नभई रौतहटको चुरे क्षेत्रबाट बोल्डर उत्खनन गरेर भण्डारण गरिरहदा पनि डिभिजन वन कार्यालय सहितका सम्बध निकाय तै चुप मै चुप को रणनीति अपनाएको हुँदा रौतहटमा प्राकृतिक श्रोत सम्पदाको चिर हरण भईरहेका छन् ।
राजमार्ग भन्दा उत्तर चुरे क्षेत्रबाट उत्खनन गर्न नपाइने स्पष्ट प्रावधान भएपनि सम्बध पालिकाहरु ऐन कानुनलाई धोति लगाउदै व्यत्तिगत स्वार्थमा डुबेका कारण यसपालीको बर्षा याममा तल तिर दक्षिणी भेगमा बाढी र डुबानबाट ठूलो जनधनको क्षति हुने सम्भावना रहेको स्थानीय विज्ञहरु बताउँछन् ।
क्षणिक स्वार्थमा लागेर स्थानीय सरकार प्रमुख, जिल्ला अनुगमन समितिका संयोजक सहितका पदाधिकारीहरु, उच्चपदस्थ पदाधिकारीहरु सवै लक्ष्मिकान्त हेरेर जुरुक्क भएको हुँदा रौतहटको प्राकृतिक श्रोत सम्पदाको साथै नदीको धार नै परिवर्तन हुनेगरी दोहन कार्य जारी रहेका छन् ।
तराई टपमा निरन्तर समाचार प्रकाशित भएपछि नदी दोहन गर्ने माफियाहरु रकमी चलखेल गर्न समेत आएको हुँदा तिनलाई गाली गरेर धपाएको अवस्था पाठक समक्ष राख्न चाहन्छु । त्यस्ता माफियाहरुलाई तराई टपले कुनै भाउ नदिदा अन्य श्रोतबाट मिलाउने कार्यको लागि पहल गर्दा त्यस्तालाई बाइपास गरेर दैनिक रुपमा रौतहटको प्राकृतिक श्रोत सम्पदाको साथ नदी दोहन सम्बन्धी समाचार लेखेर यहाँको जनताहरुलाई जागरुक गराउने प्रतिबद्धता तराई टपले व्यक्त गर्दछ ।
अबैध रुपमा खोलामै भण्डारण

बागमती नदीमा बालुवा, गिटी, ग्रावेल, ढुंगा उत्खनन, प्रशोधन, भन्डारण तथा ओसारपसार गर्ने क्रशर माफियाको एकछत्र राज हुँदा पनि मोटो रकम लिएर स्थानीय सरकार र स्थानीय प्रहरी प्रशासन तै चुप मै चुप बनेर बसेको कारण अराजकता बढेको छन् ।
चरम दोहन र मापदण्ड विपरित उत्खनन गरेर खोला किनारमै गिटी बालुवा र मिक्स ग्राभेलको भण्डारण गरिएको पाइएका छन् । अनाधिकृत रुपमा यस्ता कार्यहरु भईरहेपनि सम्बध निकाय एवं जिल्ला अनुगमन समितिबाट नियमित रुपमा अनुगमन निरीक्षण नहुँदा गोरखधन्धा गर्नेहरुको मनोवल बढ्दै गएको आरोप लाग्दै आएका छन् ।
जेठ मसान्त पछि तिन महिनाको लागि खोलाहरु बन्द हुने भएको हुँदा अहिले दिन रात नदीलाई व्यापक रुपमा दोहन गरेर भण्डारण गरिने कार्य धमाधम जारी रहेको छ । समनपुर, हरैया, रमौली, वागमती, धनसर, फतुवा विजयपुर, कटहरिया, सन्तपुर दोस्तिया लगायतका स्थानहरुमा अनाधिकृत रुपमा भण्डारणको कार्य जारी रहेको पाइएका छन् । त्यती मात्रै नभई चुरे क्षेत्रबाट बोल्डर संकलनको कार्य जारी रहेपनि वन कार्यालय र स्थानीय सरकार मौन बसेको हुँदा यस्ता अनाधिकृत गैरकानुनी कार्यहरुले रौतहटमा प्रश्रय पाएको बताइएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन