सर्लाही, ११ जेठ । भारत संग सीमा जोडिएका सर्लाही जिल्लामा तस्करीको अवस्था कस्तो रहेछ ? भने सन्दर्भलाई नेपाल प्रहरीले समातेको लाखौं मूल्य बराबरको सामानले पुष्टि गरिदिएको छ ।
सर्लाहीका विभिन्न सीमानाकाहरुबाट मातहतका सुरक्षा युनिटहरुको साँठगाँठमा नेपाल भित्रयाइएका राजस्व छलीका कपडा, किराना समान, कस्मेटिक लगायत सवारीसाधनहरुलाई नियन्त्रणमा लिई करिव २१ लाख ४६ हजार मूल्य बराबरको सामानलाई आवश्यक कारवाहीको लागि मलंगवा भन्सार कार्यालयमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
सर्लाहीको बलरा, छनकी, अर्नाहा, बहादुरपुर, बारा उधोरण, गोरखकाली, त्रिभुवननगर, संग्राम्पुर लगायत विभिन्न चोर नाकाहरुबाट भित्रयाइएको उक्त मूल्य बराबरको राजस्व छलीका सामानहरु बरामद गरेर भन्सार बुझाइएको छ ।
सोही क्रममा पाँच थान मोटरसाइकल, जिपकार २ थान समेत भन्सार कार्यालयमा आवश्यक कारवाहीका लागि दाखिला गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
मिलोमतोमा तस्करी जारी
सर्लाहीको सीमा नाकाहरुबाट राजस्व छलेर तस्करीको माध्यमबाट कत्तिको मात्रामा तस्करी कार्य जारी रहेको छ भने त्यसलाई नेपाल प्रहरीले मालसामानहरु समातेपछि पुष्टि भएका छन् । उक्त कार्यमा जिल्ला देखि लिएर मातहतका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा सर्लाहीमा तस्करीको कार्य निर्वाध रुपमा जारी रहेको श्रोतले बतायो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन