प्रतिकारात्मक तस्वीर
पर्सा, ११ जेठ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा महिला कर्मचारी माथि दुव्र्यवहार भएको घटना सार्वजनिक भएको छ ।
कालिकामाई गाउँपालिका वडा नम्बर ५ बिरंचीबर्वामा रहेका स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीले एक स्वास्थ्यकर्मी महिलालाई दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको हो ।
गत आइतबार दिउँसो कार्यालय सहयोगी मेघराज महतो केवटले एक महिला स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरेको घटनाबाट पीडक विरुद्ध आक्रोशित बनेका स्थानीयहरुबाट जोगाउन स्थानीय जनप्रतिनिधि तथा जनस्वास्थ्य कार्यालयका प्रमुख सहित व्यत्तिहरु लागि परेको गम्भीर आरोप लागेका छन् ।
तीन महिना अघि पनि सोही गाउँपालिका वडा नम्बर १ मुर्लिस्थित एक शिक्षिका माथि गरिएको दुव्र्यवहारको घटना सेलाउन नपाउँदै पुनः अर्को घटना दोहोरिनु दुर्भाग्यपूर्ण रहेको स्थानीयले बताए । ।
कार्यालय सहयोगी र कार्यालय प्रमुख रामेश्वर कोइरी मिलेर ति महिला कर्मचारी सँग दुव्र्यवहार गरेको आरोप लागेको वडा सदस्यले लगाए । आइतबार कार्यालय सहयोगी मेघराज महतोले एक महिला स्वास्थ्यकर्मीसँग कार्यालयमा दुव्र्यवहार घटनाको बारेमा बताउँदै कार्यालय प्रमुख कोइरीले पनि एक महिला नर्सलाई गलत नियतले सधैँ स्पर्श गर्ने गरेको आरोप लगाए ।
दुवै घटनाको बारेमा वडाध्यक्ष जयनारायण कुर्मी र नगर प्रमुख वसिष्ठ गुप्तालाई जानकारी गराइसकेको उनले भने, ‘पीडिता कार्यालय सहयोगी वडा जयनारायण कुर्मी अध्यक्ष मान्छे भएको कारण बचाउने काम भइरहेको श्रोतले बतायो । यता कार्यालय प्रमुख रामेश्वर कोइरीले कार्यालय बाहिर रहेको हुँदा उनी संग कुरा हुन सकेनन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन