रौतहट, ११ जेठ । नेपालमा कोरोना भाइरसको नयाँ सब भरियन्ट केपी को रुपमा पुष्टि भएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरसको भेरियन्ट ‘ओमिक्रोन’ को नयाँ सब–भेरियन्ट ‘केपी–१’, ‘केपी–२’, ‘केपी–३’ र ‘केपी–४’ पुष्टि गरिएका हुन् ।
४० जनाको नमुना परीक्षण गर्दा ‘केपी–१’ १२ जनामा र ‘केपी–२’ १७ जनामा पुष्टि भएको छ । यस्तै १÷१ जनामा ‘केपी–३’ र ‘केपी–४’ पुष्टि भएको प्रयोगशालाले जनाएको छ । ४० जनामा गरिएको नमुना परीक्षणमा ‘जिएन १’ ७ जनामा र र ‘बिए २’ २ जनामा पुष्टि भएको पनि प्रयोगशालाका सूचना अधिकारी कृष्ण प्रसाद जैशीले बताए ।
जैशीका अनुसार र्याण्डम स्याम्पलिङ विधिबाट केही महिना यताको कोरोना पोजेटिभ आएका ४० जनामा नमुनाको ‘जिन सिक्वेन्सिङ’ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी १ र केपी २’ पुष्टि भयो ।
विज्ञहरूले दिर्घरोगी र वृद्धावृद्धलाई विशेष सावधानी अपनाउन सुझाव दिए । ‘कडा छैन भनेर हेलचक्राई गर्न भएन,’ उनले भने,‘दिर्घरोगी र वृद्धवृद्धालाई विशेष सावधानी अपनाउनुपर्छ, जसका लागि परिवारको जो सदस्य भिडमा जानु हुन्छ, उहाँले कोरोनाको स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने देखिन्छ ।’
‘केपी–१’ र ‘केपी–२’ ले बाहिरी मुलुकमा खासै असर गरेको देखिँदैन । ‘गत साता देखि सिंगापुर र चाइनामा व्यापक रुपमा फैलिएको थियो,’ उनले भने, ‘कडा देखिएको छैन, तर संक्रमक छ । वृद्धवृद्धा र दिर्घरोगीहरुलाई जोखिम हुन सक्छ, उहाँहरूले यसलाई विशेष ध्यान दिनुपर्छ ।’
कोरोनाको स्वास्थ्य मापदण्ड (मास्क लगाउने, हात धुने, भिडबाट टाढा रहने लगायत) पालना गरेमा कोरोना मात्रै नभई अन्य विभिन्न संक्रामक रोगबाट जोगिन सकिने चिकित्सकको भनाई छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन