भारतमा लोकसभाको निर्वाचन अन्तर्गत आज छैंठौ चरणको मतदान जारी

   १२ जेष्ठ २०८१, शनिबार १४:४९  

नयाँ दिल्ली, एजेन्सी । भारतीय लोकसभाको निर्वाचन अन्तर्गत शनिवार छैंठौं चरणको मतदान जारी रहेको छ ।
केन्द्र शासित प्रदेश सहित ८ राज्यका ५८ सिटका लागि बिहानै देखि मतदान सुरू भएको हो ।
दिल्लीको सबै सात सिट, हरियाणाका १० सिट, बिहारका ८ सिट, जम्मु कश्मिरको एक सिट, झारखण्डका ४ सिट, ओडिसाका ६ सिट, उत्तर प्रदेशका १४ सिट र पश्चिम बंगालका ८ सिटमा आज मतदान भइरहेका छन् ।
ओडिसामा लोकसभा सँगै विधानसभाका ४२ सिटका लागि पनि मतदान त्यहाँ भइरहेको छ । ओडिसामा चार चरणमा विधानसभा चुनावको मतदान भइरहेको भारतीय समाचार माध्यमहरुले जनाएको छ । मे १३ र मे २० मा पहिलो र दोस्रो चरणको मतदान भइसकेको छ । जुन १ मा अन्तिम चरणको मतदान हुनेछन् ।
छैठौं चरणमा नयाँ दिल्ली, उत्तर पूर्व दिल्ली, उत्तर पश्चिम दिल्ली, चाँदनी चोक तथा उत्तर प्रदेशका सुल्तानपुर र आजमगढ चर्चित सिट हुन् । यसबाहेक जम्मू कश्मिरको अनन्तनाग रजौरी, पश्चिम बंगालको तामलुक मोदिनीपुर, हरियाणाको करनाल, कुरूक्षेत्र, गुडगाव, रोहतक तथा ओडिसाको भूवनेश्वर, पुरी र सम्बलपुर सिट, विहारको शिवहर, पूर्वी चम्पारण सहितका सिट प्रमुख हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै