आजको मौसम कस्तो रहला ?

   १३ जेष्ठ २०८१, आईतवार ०६:१३  

रौतहट, १३ जेठ । भारतको उत्तर प्रदेश आसपास बनिरहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालको मौसममा प्रतिकुल प्रभाव परेको छ ।
नेपालमा स्थानीय वायुलाई भारतको न्यून चापीय प्रणालीको कारण आंशिक प्रभाव परेको हो । आज विहान वागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भुभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भुभागमा आंशिक देखि मध्यम मौसम सफा रहने छ ।
आज दिउसो देशको पहाडी भुभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भुभागमा मौसम सफा रहने जनाइएको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भुभागका थोरै स्थानहरुमा तथा बाँकी भुभागका एक दुई स्थानमा मेघगर्जन, चट्याँग र हावाहुरी सहित हल्का देखि मध्यम बर्षा हुने सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेका छन् ।
आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै