ट्रेक्टरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवक सिंहको मृत्यु

   १३ जेष्ठ २०८१, आईतवार १३:३९  

सर्लाही, १३ जेठ । सर्लाहीको बसबरिया गाउँपालिकामा शनिवार साँझ ट्रेक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
हिजो साँझ ६ बजेको समयमा बसबरिया गाउँपालिका वडा नम्वर १ मानपुर स्थित बिनवा टोलीबाट मानपुर तर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०३०प ९८५८ नम्वरको मोटरसाइकल तथा मानपुर बजारबाट व्यारेज तर्फ आदै गरेका मप्र२–०२–००१ त २२८० नम्वरको ट्रेक्टर एक आपसमा ठोक्किदा ३० बर्षिय मोटरसाइकल चालकको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
मोटरसाईकल चालक धनकौल गाउँपालिका वडा नम्वर ३ हरकठवा निवासी सुरेश कुमार सिंह रुपमा पुष्टि भएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले मृतक सिंहको शवलाई पोष्टमार्टम प्रादेशिक अस्पतालमा गरेर शवलाई शतगत गर्न परिवारजनलाई जिम्मा लगाइयो ।
ट्रेक्टर चालक गोडैता नगरपालिकाको सिसौट गाउँका ५० को राम अबतार साहलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै