नेपाल प्रहरी श्रीमती संघद्धारा प्रहरी स्कुल गरुडामा छात्रवृति, शैक्षिक सामग्री वितरण तथा पुस्तक हस्तान्तरण

   १३ जेष्ठ २०८१, आईतवार १६:०१  

रौतहट, १३ जेठ । नेपाल प्रहरी श्रीमती संघले प्रहरी स्कुल गरुडा रौतहटमा अध्ययनरत छात्रछात्रालाई छात्रवृति वितरण गरिएका छन् ।
“सेवा नै धर्म हो” भन्ने मूल मन्त्रका साथ नेपाल प्रहरी श्रीमती संघद्धारा नेपाल प्रहरी स्कुल जिगडिया गरुडा रौतहटमा आईतवार छात्रवृति, शैक्षिक सामग्री वितरण तथा पुस्तक हस्तान्तरण कार्यक्रम आयोजना गरिएका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरी श्रीमती संघको केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले “सेवा नै धर्म हो” भन्ने मुल मन्त्रलाई संघ स्थापनाकाल देखि नै सकारात्मक कार्यहरु गर्दै आईरहेको छ । खास गरेर विपद व्यवस्थापनको क्षेत्रमा होस वा जुनसुकै अवस्थामा पनि संघले सधै हातेमालो गरेर जनमुखी कार्यहरु गर्दै आइरहेको चर्चा गरिन् ।
नीजि क्षेत्रका विद्यालयहरुमा छात्रवृति वितरण गरिरहेकै अवस्थामा प्रहरी स्कुलका गरिव जेहन्दार छात्रछात्राहरुलाई समेत संघले वितरण गर्नुपर्ने विशेष प्राथमिकतामा राखेर रौतहट जिल्लाको विद्यालयहरु मध्ये प्रहरी स्कुलको अवस्था अत्यन्तै राम्रो रहेको हुँदा यहाँका छात्रछात्राहरुलाई आज शैक्षिक सामग्री वितरण गर्न पाउदा निकै खुशी लागेको बताइन् ।


त्यसमा पनि तिन जना अमर प्रहरीका छोराछोरीलाई छात्रवृति दिने अवसर पाउदा निकै गौवान्वित महसुस गरिरहेको उनले भनिन । सोही कार्यक्रममा केन्द्रीय अध्यक्ष कुँवरले प्रहरी स्कुलको लाइव्रेरीका लागि ल्याइएको पठ्यपुस्तक सामग्री स्कूलका प्रधानाध्यापकलाई हस्तान्तरण गरिन् ।


मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख तथा डिआइजी यज्ञविनोद पोखरेलले २२ बर्ष अघि प्रहरी स्कुल स्थापना भएको इतिहास रहेको चर्चा गर्दै रौतहट जिल्लामा उत्कृष्ठ स्कूलको रुपमा बन्न सफल बनाउने शिक्षक एवं गुरुवर्गलाई विशेष धन्यवाद दिए । शिक्षाको ज्योती नेपाल प्रहरीका सन्तानहरुलाई मात्रै नभई रौतहटका आम जनमासनका सन्ततीहरुले पाईरहेकोमा आफू निकै गौरवान्ति महसुस गरिरहेको बताए ।


सो कार्यक्रममा एसएसपी, रौतहट प्रहरीका एसपी दिलिप घिमिरे, डिएसपीद्धय ओमप्रकाश खनाल र गौरव महत, प्रहरी निरीक्षक पप्पु नायक लगायत नेपाल प्रहरी श्रीमती संघको केन्द्रीय सचिव, सहसचिव, मधेश प्रदेश अध्यक्ष लगायतका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै