चक्रवात “रेमल” को असर नेपालमा पनि, कस्तो रहला आजको मौसम ?

   १४ जेष्ठ २०८१, सोमबार ०६:४८  

रौतहट, १४ जेठ । स्थानीय वायु संगै बंगालको खाडीमा आएको चक्रवाती तुफान “रेमल” को आंशिक प्रभाव नेपालको पूर्वी, मध्य भुभागको साथै पहाडी क्षेत्रमा पर्ने सम्भावना व्यक्त गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने भएको हो ।
आज दिउसो र साँझ कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै