बिहान होस् वा बेलुका जुनसुकै समयमा पनि दूध पिउन सकिन्छ । तर राति सुत्नु भन्दा अगाडी दूध पिउनु स्वास्थ्यको लागि रामवाण हो । रातिको सयममा दूध पिउँदा दूधमा पाइने सबै तत्वहरु शरीरले सजिल्यै ग्रहण गर्न सक्छ । डाक्टरहरु पनि राति दूध पिउनु उत्तम रहेको बताउँछन् ।
रातिमा दूध पिउँदा के के फाइदा छन् ?
मिठो निन्द्राको लागि
राति सुत्नुअघि दूध पिउँदा मिठो निन्द्रा आउँछ । जसलाई राति निन्द्रा नलाग्ने समस्या छ ति व्यक्तिहरुले राति सुत्नुअघि एक गिलास दूध पिउनुपर्छ । दूधले मानसिक तनाव कम गर्न मद्दत गर्छ । दूध पिउँदा दिमाग शान्त रहन्छ । दूधमा पाइने ट्रिप्टोफेन अमीनो एसिडले राम्रो निन्द्राको लागि मद्दत गर्छ । यसका साथै यसले दिमागलाई बलियो पनि बनाउँछ । मस्तिष्कलाई तेजिलो बनाउन राति सुत्नुअघि एक गिलास दूध पिउनुपर्छ ।
पाचन शक्ति बढाउँछ
दूधले शरीरमा पाचन प्रक्रियालाई बलियो बनाउँछ । राति खानामा जे खाए पनि सुत्नुअघि मनतातो दूध पिएर सुत्दा त्यसले खाना पचाउन मद्दत गर्छ । साथै, दूधले खानामा भएको मसलाको असर पनि कम गराउँछ । दूधले शरीरमा शक्ति दिन्छ भने प्रजनन् प्रक्रियालाई पनि वृद्धि गर्छ ।
गुडसँग दूध
दूधमा गुड मिसाएर दूध पिउँदा पेटका थुप्रै समस्याहरु समाधान हुन्छ । दूध र गुड सँगै सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि हुन्छ । यसले छालालाई पनि चम्किलो बनाउँछ । रातमा दूध पिउँदा रक्तचाप सन्तुलित राख्ने काम गर्छ । साथै, दूधमा पाइने सेसिन र व्हे प्रोटिनले मासंपेशी मजबुत बनाउँछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन