सर्लाही प्रहरीले ६ लाख बराबरको भन्सार छलीको सामानहरु बरामद गरे

   १४ जेष्ठ २०८१, सोमबार १६:१४  

सर्लाही, १४ जेठ । सर्लाहीको सीमानाका भएर नेपाल भित्रिने राजस्व छलीका सामानहरु समात्न नेपाल प्रहरी यतिखेर सर्लाहीमा सक्रिय रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मलंगवा सहित मातहतबाट समेत खटिएका गस्ती टोलीले आईतवार जिल्लाको विभिन्न नाकाहरुबाट अबैध रुपमा भन्सार छलेर भित्रयाइएका करिव ६ लाख मूल्य बराबरमा मालसामानहरु समातेको प्रहरीले जनाएका हुन् ।
दुई वटा मोटरसाइकलमा राखेर भारतबाट नेपाल तर्फ ल्याउदै गरेका लत्ताकपडा, व्याग, सुटकेश र पेय पदार्थ तथा किराना सामानहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिदै सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले नियन्त्रणमा लिइएका ५ लाख ९९ हजार ९६५ रुपैया मूल्य बराबरको उक्त भन्सार छलीका सामानहरुलाई आवश्यक कारवाहीका लागि मलंगवा भन्सार कार्यालयमा दाखिला गराइएको उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै