zoom app for alexa download zoom.us app zoom cloud meetings free download for laptop ksu zoom download download zoom installer exe zoom app or browser mic not working on zoom windows 11 download zoom us app

पछिल्लो २४ घण्टामा १०६६ कोरोना संक्रमित थपिए

   १६ आश्विन २०७८, शनिबार ०७:४१  

तराई टप संवाददाता
रौतहट । नेपालमा थप १०६६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टमा देशभर पिसिआर प्रणालीबाट कुल ८९८ र एन्टीजेन परिक्षणबाट १६८ गरी १०६६ जनामा कोरोना संक्रमितको संख्या थपिएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ९३८ जना संक्रमित विरामी मुक्त भएका छन् । नेपालमा कारोना निको हुने प्रतिशत ९६.३ रहेको मन्त्रालयले जनाएका छन् । देशभर अहिले २४२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १०११३ पिसिआर र ३२५५ नमुना एन्टीजेन परिक्षण गरी कुल १३ हजार ३६८ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार १११५ रहेको छ । त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा १ हजार १३४ जना रहेका छन् भने होम आइसोलेसनमा १६ हजार ८८१ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा ३५४ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ११६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै