download zoom for meeting convert pdf to word download vn zoom zoom ex software download zoom free download for desktop inner zoom jquery free download download hack zoom app download zoom terbaru 2021

कटहरियामा विज्ञान प्रयोगशालाको उदघाटन

   १६ आश्विन २०७८, शनिबार १८:०२  

तराई टप संवाददाता
रौतहट, १६ असोज । रौतहटको कटहरीया नगरपालिका वडा नं ५ स्थित श्री जनता माध्यमिक विद्यालय कटहरियामा बिज्ञान प्रयोगशालाको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एक समारोहका विच उद्घाटन गरेको छ ।
क्वेस्ट फर्माच्टियुकल प्राली बिरगंज को आर्थिक तथा प्राविधिक सहयोगमा ८ लाख लागतमा निर्माण भएको विज्ञान प्रयोगशाला भवनको विधिवत रुपमा उदघाटन तथा हस्तान्तरण गरिएको हो ।
थियोरी भन्दा प्रयोगात्मक सिकाईको लागि प्रयोगशाला अतिनै आवश्यक रहेको हुँदा आधुनिक समयमा विज्ञानको अति आवश्यक रहेको आवश्यक्ता महसुस गर्दै निर्माण भएको प्रविधिक प्रयोगशालाबाट यहाँ स्थापनाबाट यहाँ अध्ययनरत छात्रछात्राहरु निकै लाभान्वित हुने बताए ।
प्रमुख जिल्ला अधिकारी यादवले नेपाल सरकार माध्यमिक शिक्षालाई अनिवार्य र निःशुल्क शिक्षाबाट कोहि पनि बन्चित हुन न परोस् भने उदेश्यमा सबैले साथ दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रधानाध्यापक योगेन्द्र प्रसाद कुशवाहा, कटहरिया बहुमुखी क्याम्पसका प्रमुख गजेन्द्र प्रसाद यादव लगायतको उपस्थिति रहेको सोही विद्यालयका शिक्षक अजय यादव जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै