नेपाल अन्तिम वार्मअप खेल अमेरिका संग आज राति खेल्ने तयारीमा

   १७ जेष्ठ २०८१, बिहीबार १३:१०  

रौतहट, १७ जेठ । टी–२० विश्वकप अघि हुने वार्मअपमा दोश्रो तथा अन्तिम खेल नेपाल आयोजक राष्ट्रय अमेरिका संग आज आज राति खेल्दैछन् ।
वार्मअप म्याचको अन्तिम खेल अमेरिकाको डालासमै आज राति ९ बजेको समयमा आयोजक अमेरिका संग प्रतिष्पर्धा नेपालले गर्दै भएका हुन् ।
यसअघि डालासमै भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडा सँग ६३ रनको फराकिलो अन्तरमा पराजित भएका थिए । विश्वकपको तयारीमा रहेको नेपालले यसअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्स विरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्स सँग दुई टी–२० अभ्यास खेल खेलेको थियो ।
अमेरिका सँगको वार्मअप खेल सँगै नेपालको सम्पूर्ण विश्वकप तयारी पूरा हुनेछ । टी–२० विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले डालासमै नेदरल्याड्स सँग ४ जुनमा खेल्दै विश्वकपमा आधिकारीक रुपमा सुरुआत गर्ने छ ।
नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै