जसपाको मशाल जुलुश कार्यक्रम इन्द्र भगवानलाई पनि पचेन

   १६ आश्विन २०७८, शनिबार १९:२४  

तराई टप संवाददाता
रौतहट, १६ असोज । प्रदेश २ मुख्यमन्त्री परिषदको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा जसपाले आन्दोलनको घोषणा गरेको छ ।
जसपा प्रदेश २ मधेश कमिटीले एक विज्ञप्ती जारी गर्दै शनिवार देखि आन्दोलनको घोषणा गरेको हो । आन्दोलनको कार्यक्रम अन्तर्गत आज साँझ प्रदेश २ को आठवटै जिल्लाको सदरमुकाममा मसाल जुलुस हुने र आइतबार सदरमुकामहरुमा प्रदर्शन गर्ने जसपाले जानकारी दिएको छ ।
केन्द्रिय कार्यालयबाट आएको अख्तियारको टोलिले गत बुधबार दिउँसो मुख्यमन्त्री कर्यालयमा छापा मारेको थियो । ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत भएको साइकल खरिदको कागजात अख्तियारले लगेको थियो । प्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम “बेटी पढाउ, बेटी बचाउ” कार्यक्रमलाई बदनाम गराउन अख्यितारले छापा मारेको जसपाको आरोप छ ।
तर जसपाको आन्दोलनको कार्यक्रमलाई इन्द्रदेवलाई पनि सायद पचेन आज विहानै देखि निरन्तर रुपमा बर्षा भईरहदा जसपाको मसाल जुलुश कार्यक्रम लगभग तुहिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै