बर्षाको कारण नेपाल अमेरिका बीचको खेल रद्द

   १८ जेष्ठ २०८१, शुक्रबार ०७:०४  

अमेरिका, एजेन्सी । आइसीसी टी–२० विश्व कप सुरु हुनु अगावै अन्तिम नेपाल र अमेरिका विचको अभ्यास म्याच बर्षाको कारण रद्द भएको छ ।
अमेरिकाको डालासमा नेपाली समय अनुसार राति ९.१५ देखि म्याच सुरु हुने समय निर्धारण गरिएका थिए । टस जितेर अमेरिकाले पहिला ब्याटिंग गर्ने निर्णय गरेकै समयमा ठूलो बर्षा सुरु भएको थियो । ठूलो बर्षाको कारण खेल्ने अवस्था नरहदा अभ्यास म्याचलाई रद्द गरियो ।
नेपाल पहिलो वार्मअप खेलमा क्यानडा सँग ६३ रनले पराजित भएको थियो । यसै मैदानमा नेपालले आउदो मंगलबार नेदरल्यान्ड्स सँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ । नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै