45
Shares
रौतहट, १८ जेठ । रौतहट प्रहरीले भन्सार छलेर नेपालमा भित्रयाइएका करिव डेढ लाखको धान सहित एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाको आधारमा जिल्लाबाट खटिएको प्रहरी गस्ती टोलीले इशनाथ नगरपालिका वडा नम्वर ४ मा भारतबाट अबैध रुपमा राजस्व छलेर भित्रयाइएका ३४०० किलोग्राम (७९० बोरा) धान सडक छेउमा भण्डारण गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
धान संगै राजपुर नगरपालिका वडा नम्वर ६ का ४२ बर्षिय अमर साहले उक्त धान भारतबाट चोरी पैठारी गरेर ल्याएको अनुसन्धानमा खुलेपछि निज साह सहित करिव एक लाख ४९ हजार ६ सय मूल्य बराबरको धानलाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन