भारतमा अपहरणमा परेको भारतीय युवकलाई नेपालबाट उद्धार

   अशोज १६, २०७८  
904 Shares

तराई टप संवाददाता
सप्तरी, १६ असोज । भारतमा अपहरण गरी नेपालमा लुकाएर राखिएको एक भारतीय युवकलाई नेपाली सुरक्षाकर्मीले सकुशल उद्धार गरेको छ ।
अज्ञात व्यक्तिहरुको समुहले भारतीय नागरिकलाई सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकाबाट नेपाली सुरक्षाकर्मीहरुले सकशुल रुपमा उद्धार गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको हो ।
भारत विहार राज्यको मधुबनी जिल्ला लौकाहा ग्राम पञ्चायत वडा नम्वर ९ का २२ बर्षिय शंकरकुमार साहलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरिएको प्रदेश प्रहरी प्रमुख डिआइजी उमेश रंजितकारले बताए । बलान बिहुल गाउँपालिका ५ रामनगर स्थित नेपाल भारत सिमा नजिक झाँडीमा साहको खुटामा फालमको साँग्लो (जंजिर) ले बाँधेर राखिएको अवस्थामा उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीले सकुशल रुपमा उद्धार गरिएको उनले जानकारी दिए ।
भारतीय सुरक्षा अधिकारीको रिपोर्टको आधारमा संयुक्त रुपमा खटिएको सुरक्षाकर्मीहरुको टोली सिमावर्ती क्षेत्रको झाडीमा व्यापक रुपमा सर्च अप्रेशन सुरु गरेर खोजी कार्यमा जुटेका थिए । निकै प्रयास पछि साहलाई अपराधीक व्यक्तिको कब्जाबाट मुक्त गराउन सफल भएपनि अपहरणकारी फेला नपरेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक विरेन्द्र पासवानले बताए । घटनास्थलबाट एनसेल कम्पनीको नेपाली सिमकार्ड प्रयोग भएको एउटा मोवाइल सेट फेला परेको उनले बताए । प्रहरीले थप अनुसन्धान गरिरहेको तथा अपहरित साहलाई आजै भारतीय प्रहरीको जिम्मा लगाइयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै