नेपाली सेनाद्धारा समनपुरमा एक दिने निशुल्क स्वास्थ्य शिविर आयोजना

   १९ जेष्ठ २०८१, शनिबार १९:०५  

रौतहट, १९ जेठ । रौतहटको गढीमाई नगरपालिकाको समनपुरमा नेपाली सेनाद्धारा एक दिने निः शुल्क स्वास्थ्य शिविरमा २००१ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
गढीमाई नगरपालिका वडा नम्वर १ समनपुर स्थित शंकरगुदर माध्यमिक विद्यालयमा नेपाली सेनाको वीरदल गणद्धारा शनिवार आयोजित निः शुल्क स्वास्थ्य शिविरमा उत्साहका साथ स्थानीय बासिन्दाहरु उपस्थित भई आ आफना स्वास्थ्य परिक्षण गराएका हुन् ।
निः शुल्क स्वास्थ्य शिविरमा झण्डै तिन हजार विरामीको स्वास्थ्य परिक्षण गरेर औषधी वितरण गरिने लक्ष्यका साथ आयोजित शिविरमा विहानै देखि महिला एवं पुरुषहरु चर्को गर्मीमा पनि उत्साहका साथ लामबद्ध भएर दुई हजार एक जना महिला एवं पुरुषहरुले स्वास्थ्य परिक्षण गराए ।
सो शिविरमा बाल रोग, स्त्री रोग, नाक, कान, घाँटी, दिर्घ रोगी, नेत्र रोग (आँखा परिक्षण), छाला रोग, लगायत विभिन्न रोग परिक्षणको समुचित व्यवस्थापन मिलाइएको थियो । उक्त व्यवस्थापन गर्दा करिव दुई हजार १ जना विरामीहरु आउटडोरमा स्वास्थ्य परिक्षण गराएर औषधीको साथै चिकित्सकहरुले उनीहरुलाई आवश्यक सलाह दिएको विरदल गणका गणपति एवं प्रमुख सेनानी गंगाबहादुर विष्ट बताए ।
सो शिविरमा चितवन मेडिकल कलेज, सिभिल होस्पिटल चन्द्रपुर, प्रादेशिक अस्पताल गौरको चिकित्सकहरुद्धारा विरामीको स्वास्थ्य परिक्षण गरिएका थिए भने नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल, नेपाल आई केयर सेन्टर गौर, त्रिनेत्र आँखा अस्पताल गौरले ९७६ जना विरामीको आँखाको परिक्षण गरे । जसमा ७८ जनालाई मोतिया विन्दु भएकालाई निशुल्क शैल्यक्रिया गरिने, ३३६ जनालाई चश्मा र ३९८ जनालाई औषधी वितरण गरिएको विरदल गणका प्रमुख सेनानी विष्टले जानकारी दिए ।
गढीमाई नगरपालिकाको संयोजनमा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा लाइन्स क्लव चन्द्रनिगाहपुर, लाइन्स क्लव आफ फेमिना चपुरले सहयोग गरेका थिए भने प्रभु बैंक गौर शाखाले चिकित्सकहरुलाई खाजा, शिविरमा आउने विरामीहरुको लागि पानी, चकलेट लगायतका सामानहरु उपलब्ध गराइएको विरदल गणले जनाएको छ ।
मध्य पूर्वी पृतना हेड क्वाटरको निर्देशनमा तथा २८ नम्वर बाहिनी अडाको विशेष पहलमा आयोजना भएको शिविरमा सहायक रथी राजेन्द्रमणी गिरी, जिल्ला समन्वय समितिका सभापति रामअयोध्याय यादव, गढिमाई नगरपालिकाको नगरप्रमुख श्यामप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, वीरदल गणका गणपति गंगाबहादुर विष्ट, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाई, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभिनय सिंह, लगायत गढीमाई नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु, स्थानीय भद्रभलादमीहरु, संचारकर्मीहरुको उपस्थिति रहेको विरदल गण पुरेनवा गौर रौतहटले जनाएको छ ।
गढीमाई नगरपालिकाको संयोजनमा विरदल गणको आयोजनामा शनिवार गढीमाई नगरपालिकाको समनपुर स्थित शंकरगुदर मावीमा एक दिन निःशुल्क स्वास्थ्य शिविरको केही तस्वीरहरु ।
निःशुल्क स्वास्थ्य शिविरमा प्रमु बैंक गौर शाखाद्धारा पानी, चकलेट र चिकित्सकहरुको लागि खाजाको व्यवस्थापन गरेका थिए ।
 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै