नेपाली भु भाग कब्जा गरेर भवन बनाएको र सिमास्तम्भ हेरफेर गर्ने चीन विरुद्ध देश व्यापी प्रदर्शन

808 Shares

तराई टप संवाददाता
काठमाडौं, १७ असोज । नेपाली भु भाग माथि कब्जा जमाएर भवन निर्माण गरेको कार्य विरुद्ध उत्तरी छिमेकी राष्ट्र चाइना विरुद्ध नेपाली युवा विद्याथीहरु देश व्यापी प्रदर्शन गरेका छन् ।
चिनियाँ विस्तावादी निती अनुरुप गत बर्ष नेपाली भुमिलाई कब्जा गरेर कतिपय घर निर्माण गरिसकेका तथा सिमास्तम्भहरु हेर फेर गरेको जानकारी प्राप्त भएपछि नेपाली युवा विद्यार्थीहरु चीनको यस्तो निती विरुद्ध चर्को रुपमा विरोध जनाउदै देशव्यापी प्रदर्शन गरेका हुन् ।
हुमला जिल्ला संग जोडिएको सिमानामा चिन करिव २ किलोमिटर नेपाली भु भागमा आएर चिनियाँ सेनाद्धारा भवन निर्माण गत बर्ष गरेका थिए, स्थानीयहरुद्धारा विरोध गरिएपनि तत्कालिन सरकार चुप लागेर बसेको कारण उनीहरुको मनोवल बढेर गएको बताइएको छ । लोकतान्त्रिक समाजवादी पार्टी निकट रहेका युवा विद्यार्थीहरु पटक पटक काठमाडौको माइती घर मण्डेला सहित देशभरी चिनको विस्तारवादी नितीको विरुद्धमा प्रदर्शन गरेका छन् ।
त्यती मात्रै नभई चिनद्धारा १२ देखि १५ वटा घर निर्माण गर्नुका साथै सिमा स्तम्भ समेत परिवर्तन गरेपनि तत्कालिन केपी शर्मा ओली प्रधानमन्त्री भएको सरकारले नेपाल र चिन संग कुनै सिमा विवाद नरहेको भन्दै नेपाली जनतालाई ठगेका थिए । शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारलाई हुमलाको जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयले जानकारी दिएपछि १९ सदस्यीय छानविन समिति गठन गरेर हुमला पठाएका थिए । ११ दिन सम्म गरिएको स्थलगत निरीक्षणमा चिनले पक्कि भवन निर्माण गरेको तथा पिलर नम्वर ११ र १२ स्तम्भलाई परिवर्तन गरेको पाइएको रिपोर्ट उनीहरु प्रधानमन्त्री समक्ष बुझाएको श्रोतले दाबी गरेको छ ।
चिनले स्वतन्त्र देशमा यसरी सिमा मिची भु भाग कब्जा गरेर भवन बनाउने कार्य अन्तरराष्ट्रिय नियमको उलंघन गरेको तथा चिनको यस्तो कुटिल रणनिती विरुद्ध नेपाली युवा विद्यार्थीहरुको आक्रोश बढ्दै गएको तथा केही दिन अघि काठमाडौ स्थित चिनियाँ राजदुताबास अगाडी प्रदर्शन समेत गर्दै गो ब्याक गो चाइनाको नारा समेत लगाइएको लोसपा निकट युवा नेता मुकेशकुमार झाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार