ब्याटिंग र क्षेत्ररक्षणमा निरीह बन्दा विश्वकपमा सुरुआत नेपालका लागि सुखद भएन

   २३ जेष्ठ २०८१, बुधबार ०८:३४  

डालास, एजेन्सी । टी–२० विश्वकपको पहिलो खेलमा नै ब्याटिंग र क्षेत्ररक्षणमा निरीह बन्दा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ ।
नेपालले प्रस्तुत गरेको १ सय ७ रनको झिनो लक्ष्यलाई नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरे । अत्यन्तै सानो लक्ष्य प्रस्तुत गरेपनि क्षेत्ररक्षणमा फिसड्डी सावित हुदै नेपालले विकेट लिने थुप्रे अवसर गुमाए ।  सोमपाल कामी र कप्तान रोहित पौडेलले महत्वपूर्ण क्याचहरु लिने अवसरबाट चुकेका थिए जसको फलस्वरुप जित्ने अवसरबाट चुक्नु परे ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए । विक्रमजित सिंहले २८ बलमा २२ रन जोडे । साइब्रान्ड एन्जलब्रर्चटले १६ बलमा १४ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा ५ चौका हिर्काए । खेलमा खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो । भुर्तेल ७ रन तथा आसिफ शेख ४ रन बनाएर आउट भए । करन केसीले १७ तथा गुल्सन झाले १४ रनको योगदान दिए । अनिल शाहले १२ बलमा ११ रन जोडे । त्यस्तै कुशल मल्लले ९ बलमा ९ रन बनाएर आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
समुह डि मा परेको नेपालको लागि आउदो म्याचहरु अझ कठिन हुने देखिन्छन् । नेपाललाई आउदो म्याचहरुमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने तथा विश्व समुदायमा नेपाल प्रतिको माया र सदभावलाई कायम राख्ने कार्य यी नेपाली खेलाडीहरुले हर सम्भव प्रयास गरेर देखाउनुपर्ने हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै