नेपाल पत्रकार महासंघको निर्वाचन असारको दोश्रो सातामा

   २६ जेष्ठ २०८१, शनिबार ०७:५८  

रौतहट, २६ जेठ । आज जेठ २६ गते अर्थात आजकै दिन नेपाल पत्रकार महासंघको निर्वाचन हुने दिन तर आजको निर्वाचन असारको दोश्रो साताको लागि सारिएको छ ।
नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनले आजका लागि तय गरेको चुनाव असार महिनाका लागि सारिएको हो ।
मतदाता नामावलीमा देखिएका विवादका कारण चुनावको मिति सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ती जारी गर्दै जानकारी गराएका छन् ।
उनका अनुसार विवाद समाधानको प्रयास जारी भएकोले अध्यक्ष मण्डल सँगको परामर्शमा मतदानको मिति सारिएको छ । असार दोस्रो साता भित्र मतदान गर्ने उल्लेख भए पनि नयाँ मिति भने तोकिएको छैन ।
निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एशोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन पोखरेलले आग्रह गरिएको उक्त विज्ञप्तीमा जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै