घरेलु कामदार सम्बन्धी कानून निर्माण गर्न प्रभु साहको माग

   २६ जेष्ठ २०८१, शनिबार १७:५६  

काठमाडौं, २६ जेठ । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले घरेलु कामदारहरु असुरक्षित एवं शोषित भईरहदा तिनीहरुको जीवन स्तर उकास्न अविलम्ब घरेलु कामदार सम्बन्धी कानुन निर्माण गर्नुपर्ने सरकार संग माग गरे ।
आजपा निकटको आम ट्रेड युनियन फेडरेशन नेपालले शनिवार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले घरेलु घरेलु कामदारहरुको हकहित एवं अधिकार सहितको कानून निर्माण गर्नुपर्ने माग गरेका हुन् ।
‘घरेलु कामदारहरु शोषित पीडित भइरहेका छन् । उनीहरु भविष्य असुरक्षित भइरहेका छन् । मालिकले आफूखुशी काममा लगाउने गरेको र जति वेला मन लाग्यो निकालीदिने प्रथाबाट उनीहरुको भविष्य असुरक्षित रहेको बताए । घरेलु कामदारको पारिश्रमिक न्यून रहेको छ, उनीहरुलाई चाडपर्व आउँदा होस वा कुनै भईपर्ने विदा समेतमा मालिकको दबाबमा काम गरिराख्नु पर्ने हुन्छ’ आजपा अध्यक्ष साहले भने ।
‘नेपालमा अहिले सम्म घरेलु कामदारका लागि कुनै कानून निर्माण भएको छैनन् । आफूले आउँने दिनमा यस बारेमा संसदमा आवाज उठाउने प्रतिबद्धता जनाए । घरेलु कामदारका लागि कानून निर्माणको पहल आफूले गर्ने बताए ।’
नेपालमा घरेलु कामदार सम्बन्धी कुनै कानून नभएकाले यहाँ घरेलु कामदारहरु मालिबाट पीडित भएको र काम अनुसारको पारिश्रमिक समेत नपाउँने सत्य कुरा सरकारलाई थाहा नहुनु दुर्भाग्य भएको उनले बताए । घरेलु कामदार सम्बन्धी केही देशमा कानून निर्माण भएकाले त्यहाँ घरेलु कामदारको अधिकार सुरक्षित रहेको र काम अनुसारको पारिश्रमिक समेत पाउँने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै