मोदीको सपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत तर्फ जाँदै

   २७ जेष्ठ २०८१, आईतवार ०६:५३  

रौतहट, २७ जेठ । तेश्रो पटक भारतको प्रधानमन्त्री पदको सपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आईतवार भारत भ्रमणमा जान लाग्नु भएको छ ।
भारतको इतिहासमा तेश्रो पटक प्रधानमन्त्रीको सपथ लिने नरेन्द्र मोदी दोश्रो व्यक्ति बन्ने एतिहासिक अवसरमा मोदीको मैत्रीपूर्ण निमन्त्रणालाई स्वीकार गर्दै नेपाली प्रधानमन्त्री दाहाल आज दिउसो भारत भ्रमणमा जान लाग्नु भएको हो ।
आज बेलुका नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेको बताइएको छ । सम्पन्न भएको लोकसभा चुनावमा एनडीए गठबन्धनले २९२ सिटमा जित हाँसिल गरेपछि नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवारमा घोषित गर्दा उनी तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिँदै छन् ।
शपथ ग्रहण समारोहमा धेरै देशका प्रमुखलाई निमन्त्रणा गरिएको छ । छिमेकी राष्ट्रका अन्य सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ , मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जू लगायत शपथग्रहणमा सहभागी हुनेछन् ।
केन्द्रीय सरकारको विज्ञप्ति अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले शपथ ग्रहण समारोहमा सहभागी हुने विदेशी नेताहरूका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन् । भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजन अन्तर्गत छिमेकी राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै