भारत संग जोडिएका रौतहट जिल्लाको सीमा क्षेत्रका विभिन्न युनिटका इन्चार्जहरुको सेटिंगमा राजस्व छलेर सामानहरुको तस्करी निर्वाध रुपमा जारी रहेका छन् ।
इशनाथ नगरपालिकाको बन्जरहा, औरैया, मठिया, महुलिया, खाप, परोहा नगरपालिकाको नरकटिया, जयनगर, बौधीमाईको बंकुल, छोटका बंकुल, राजदेवीको लक्ष्मिपुर, बेलविछवा, ब्रम्हपुरी र मुख्य नाका गौर भएर राजस्व छलीका दैनिक उपभोग्यका किराना सामान, कपडा, सुर्ती, स्पेयर पार्टस, कष्मेटिक सामान, चप्पल, जुत्ता, कुखुरा, कुखुराको चल्ला लगायतका विभिन्न सामानहर भारतीय बजारबाट नेपाल भित्रयाई नेपाल सरकारको राजस्व संकलनमा प्रतिकुल असर सीमा क्षेत्रका युनिट इन्चार्जहरुले पुर्याउदै आएका हुन् ।
“सुरक्षा प्रमुखहरु सेटमा निर्देशनमा व्यस्त रहेपनि तर सीमा क्षेत्रका युनिट इन्चार्जहरु आर्थिक लाभ लिएर तस्करी गराउनमा मस्त” रहदै सुरक्षा प्रमुखको निर्देशनलाई अटेरी गर्दै आएका छन् ।
प्रस्तावित गुल्म गौरका डिएसपी राजेश श्रेष्ठको साँठगाँठमा विओपी औरैया र रामपुरखापले निर्वाधरुपमा सबै नाकाहरुबाट राजस्व छलेर मालसामानहरु भित्रयाउनका लागि तस्करीको लागि खोलेका हुन् ।
बिओपी औरैयाका इन्सपेक्टर दिल बहादुर महराले बन्जरहा, औरैया, मठिया, महुलिया नाकाबाट तस्करीको लाइन खोलेको छ । यसैगरी बिओपी रामपुरखापका कमान्डर सशस्त्र प्रहरीका इन्सपेक्टर राजकुमार पन्डितले जयनगर, रामपुरखाप र बंकुल बिओपीमा इन्सपेक्टर अनिल खडकाले नरकटिया, वशिष्ट चौक, बंकुल, बडा बंकुल दर्जनौं लाइन खोलेका छन् ।
यस विषयमा सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले प्रत्येक युनिट इन्चार्जहरुलाई बोलाएर कडाईका साथ निर्देशन पालना गर्न गराउन भनिएपनि उनीहरुको भने अनुसारको काम नगरेको हुँदा ति बसेपतिहरुलाई यस गणमा झिकाएर स्पष्टीकरण सोधिने कार्य भईरहेको बताए । आफू पनि हरेक राति चेकिंगमा निस्कने गरेको हुँदा आफू आए देखि नै ३ करोड भन्दा बढिको सामानहरु समातेर भन्सार कार्यालयमा बुझाइसेको जानकारी दिए ।
हरपल आफू चारैतर्फ खटिने गाह्रो हुने भएको हुँदा युनिटहरु माथि विश्वास गर्नुपर्छ तर उनीहरु नै विश्वासघात गर्छन भने तिनीहरुको एरियाबाट मालसामानहरु समातियो भने कारवाही गरिने चेतावनी समेत दिए ।
यस्तै नेपाल प्रहरीका एसपी दिलिप घिमिरेले निगरानी बढाएको कारणले नै पहिलाको भन्दा धेरै सुधार भएको आफू आएको सानो अवधीमै डेढ करोड मूल्य बराबरको राजस्व छलीका सामानहरु आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको दाबी गर्दछन् ।
स्मरणीय छन् की, जिल्लाका सुरक्षा प्रमुखहरु राजस्व बढाउन र तस्करी नियन्त्रणको पाटोमा अथक प्रयास गरेपनि युनिट इन्चार्जहरुको सहयोग प्राप्त नहुँदा रौतहटमा तस्करी जारी नै रहेको देखिन सकिन्छ ।