57
Shares
रौतहट, २७ जेठ । उकालो लाग्दै आएका सुनको भाउ तोलामा चार हजार रुपैयाले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतवार नेपाल बजारमा सुनको मुल्य उच्च विन्दुबाट चार हजारले घटेर ओरालो लागेको हो । शुक्रवार सुनको मूल्य १ लाख ४५ हजार पुगेर अहिले सम्मकै उच्च दरमा पुगेका थिए तर आज विहानै सुनको मुल्यमा चार हजार प्रति तोलामा ओरालो लागेको जनाएका छन् ।
आज प्रति तोला सुनको मुल्य १ लाख ४१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मुल्यमा पनि प्रति तोला ७५ रुपैयाले घटेको छ । आज चाँदीको मूल्य १ हजार ८२५ मा कारोवार भईरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन