अमेरिकाको डालासमा आज राति भारत र पाकिस्तान आमुने सामुने

   २७ जेष्ठ २०८१, आईतवार १३:१९  

न्यूयोर्क, एजेन्सी । आज जुन ९ अर्थात आइसीसी मेन्स टि–२० विश्व कपको सबैभन्दा हाइभोल्टेज खेल केही घण्टा पछि सुरु हुँदैछ ।
अमेरिकाको डालास स्थित रंगशालामा आज राति नेपाली समय अनुसार ८.१५ देखि सुरु हुने हाईभोल्टेज गेममा भारतको पलडा भारी रहेको हो । एकातिर भारतले आयरल्याण्डलाई हराएर आउदैछ भने पाकिस्तान अमेरिका जस्तो कमजोर टिम संग पराजित भएर आउदैछ यस अवस्थामा पाकिस्तानको लागि जित्नु बाहेक अन्य कुनै विकल्प नरहेको क्रिकेट प्रेमिहरु बताउँछन् ।
विश्वकपमा भारत पाकिस्तान संग अहिले सम्म हार बेहोरेको छैनन् । त्यसैले भारत उच्च मनोबलका साथ पाकिस्तान संग प्रतिष्पर्धा गर्ने छन् भने पाकिस्तान साख बताउन दवावमा रहेर खेल्ने पर्ने हुन्छ ।
अहिले सम्मको प्रतिपर्धाको अवस्था
पाकिस्तानले टी–२० विश्वकप २०२४ मा आइतबार भारतको सामना गर्दा यो टिम रहनेछ । घाइते नहोस् पनि किन, अमेरिकाविरुद्ध बेहोरेको हारलाई पाकिस्तानी क्रिकेटले पचाउन सकेको छैन । अनि टिम आफैं आपतमा फसेको छ ।
समूह ‘ए’ को खेलमा अमेरिकाले डलासमा पाकिस्तानलाई सुपर–ओभरमा हराएको थियो । अमेरिकाको यो लगातार दोस्रो जित रह्यो । अब पाकिस्तानी कप्तान बाबर आजमले एक अर्को हार सामना गर्न सक्दैन ।


नत्र पाकिस्तानको सुपर–एटको सम्भावना असाध्यै कमजोर हुनेछ । सन् २०२२ को टी–ट्वान्टी विश्वकप फाइनलमा बाबरको टिम इंग्ल्यान्डसँग हारेको थियो । त्यसयया पाकिस्तानका लागि केही पनि राम्रो भएको थिएनन् । टी–२० क्रिकेटमा पाकिस्तान शृंखलाबद्ध रूपमा अफगानिस्तान, प्रमुख खेलाडी विनाको न्युजिल्यान्ड, आयरल्यान्ड र इंग्ल्यान्डसँग हारेको हा¥यै छ । बिहीबारको खेलमा त पाकिस्तान अमेरिका सँगै स्तब्ध नै बन्नु पर्यो ।
पाकिस्तान भित्र अहिले आफ्नो क्रिकेट टिमको चर्को आलोचनाको लहर चलेको छ । पाकिस्तानका पूर्व फास्ट बलर वकार युनिसले ‘एक्स’ मा लेखेका छन्, ‘अमेरिका विरुद्ध पाकिस्तान मैदानमा उकुसमुकुस देखियो ।’
अर्का फास्ट बलर सोएब मल्लिक भन्छन्, ‘दुर्भाग्यले पाकिस्तान त्यस खेलमा कहिल्यै जितको हकदार देखिएन ।’ डर छ, पाकिस्तानका खराब दिन सकिने छाँट छैन । भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल न्युयोर्कको ३४ हजार दर्शक क्षमताको रंगशालामा हुनेछ ।
यो रंगशालाको पिच आफैंमा रहस्यमय छ । बलले कति बेला कहाँनिर ‘बाउन्स’ लिन्छ, पत्तो हुदैनन् । फेरि उत्साहित भारतसँग धारिलो बलिङ आक्रमण छ, जसप्रित बुमराह र मोहम्मद सिराज रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै