81
Shares
बलरा(सर्लाही), २७ जेठ । बलरा नगरपालिकाको अचलगढ स्थित हुलाकी सडकको पुल मुनी एक ८० बर्षिया महिलाको शव फेला परेका छन् ।
बलरा नगरपालिका वडा नम्वर ९ अचलगढ निवासी बुनिलाल रायको ८० बर्षिया श्रीमती राधिका देवी यादवको हुलाकी सडकमा रहेका अचलगढ पुल मुनी पानीमा मृत शव आईतवार विहान फेला परेका हुन् ।
आज विहान मौनिंग वाकमा निस्किएर हिड्दै गरेको अवस्थामा खुटा चिप्लिएर पुलमुनी खस्दा वृद्धाको डुबेर मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीहरुले तराई टपलाई जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी टोली आएर वृद्धाको शव उठाएर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको तथा घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट