रौतहट, २७ जेठ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन बोकेको आरोपमा रौतहटको एक युवा सहित चार जना पक्राउ परेका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रौतहट कटहरिया नगरपालिका वडा नम्वर ६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, मोरङ केराबारी गाउँपालिका वडा नम्वर ९ का ३१ वर्षीय सरोज कोइराला, सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्वर ५ का २१ वर्षीय मोहमद अरमान र खडक गाउँपालिका वडा नम्वर ६ का ३७ वर्षीय ज्याउदिन मियालाई सुन सहित पक्राउ गरेका हुन् ।
चार जना मध्ये दुई जनालाई फरक–फरक घटनामा प्रहरीले पक्राउ गरेको प्रहरी श्रोतबाट बुझिएको छ । भन्सार छलेर अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम सुनको सिक्रि, ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लो सहित कोइराला र आलमलाई प्रहरीले पक्राउ गरे ।
कतार एयर उडानबाट नेपाल आएका कोइरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई हिरासतमा राखेर आवश्वयक अनुसन्धान भईरहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन