प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा काग्रेस अध्यक्ष खर्गे सहभागी हुने

   २७ जेष्ठ २०८१, आईतवार १६:१०  

नयाँ दिल्ली, एजेन्सी । नरेन्द्र मोदी भारतको तेश्रो पटक प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा काँग्रेस आईको अध्यक्ष मल्लिकार्जुन खर्गे सहभागी हुनेछ ।
आइतवार साँझ प्रधानमन्त्रीको रूपमा नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिने, उनका नजिकका स्रोतहरूले भनेको हो ।
राष्ट्रपति भवनमा आयोजित समारोहमा खर्गे र सोनिया गान्धीलाई निमन्त्रणा पठाइएको थियो । कार्यक्रममा उनी सहभागी हुने खर्गेको निकट स्रोतले जनाएको छ ।
श्रोतः पीटीआई

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै