फरिदाको मृत शव अजिंगरको पेटभित्र फेला पर्यो

   २७ जेष्ठ २०८१, आईतवार १६:४२  

इन्डोनेसिया, एजेन्सी । एक विशालकाय अजिंगरले ४५ बर्षिया महिलालाई खाइदिएको घटना सार्वजनिक भएका छन् ।
इन्डोनेसियाका दक्षिण सुलावेसी प्रान्तको कालेम्पांग गाउमा फरिदा नाम गरेकी ४५ बर्षिया महिला गत शुक्रवार घरबाट वेपत्तत भएकी थिइन् । फरिदा घर नफकिएपछि उनका श्रीमान सहितका परिवारका सदस्यहरुले खोजी कार्य गरेको थियो ।
खोजीको क्रममा गाउँ छेउमा रहेको जंगलमा फरिदाले लगाएको कपडा सहितका सुन फेला परे । गाउँलेहरुलाई नजिकै एउटा विशालकाय अजिंगर रहेको पत्ता लगाए । जसलाई खोजी गर्दै अघि बढ्दा १६ फिट लामो अजिंगर फेला पर्यो ।
समाचार एजेन्सी एएफपीले आफनो रिपोर्टमा भनेका छन् की, उक्त गाउँको प्रमुख सुआर्डी रोसीले बताए अनुसार ठूलो पेट भएको अजिंगर फेला परेर गाउँलेलाई आशंका लाग्यो ति महिला यसैको पेट भित्र हुन सक्छ ।
गाउँलेहरूले अजिंगरलाई समातेर पेट काट्ने निधो गरे । उनले यसो गर्ने बित्तिकै फरिदाको टाउको देखिन थाल्यो, अजिङ्गरको पूरै पेट च्यातिएपछि फरिदाको पूरै शरीर देखिन थाल्यो । फरिदालाई अजिङ्गरको पेटभित्र लुगा लगाएको शव फेला परेको एएफपीले जनाएकोे छ ।
अजिङ्गरले मानिसलाई खाएको यो पहिलो घटना नभई गत वर्ष भारतको दक्षिणपूर्वी सुलावेसीको तिनाङ्गिया जिल्लामा यस्तै घटना भएको थियो ।
श्रोतः एएफपी

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै