हाइभोल्टेज म्याचमा भारतले पाकिस्तनलाई ६ रनले हराए

   २८ जेष्ठ २०८१, सोमबार ०६:४९  

न्युयोर्क(एजेन्सी), २८ जेठ । लो स्कोरिंग म्याचमा चिरप्रतिद्धन्दी पाकिस्तानलाई ६ रनले हराउदै आफनो दबदबालाई कायमै राख्न सफल भएका छन् ।
आईसीसी टी–२० विश्वकपको समूह ए अन्तरगतका खेलमा गएराति भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेर आफनो दबदबालाई कायमै राख्न सफल भएका हुन् । आश नै मारिसकेका भारतीय समर्थकहरु तर जसप्रित बुमराहको घातक बलिंग सामु पाकिस्तानी ब्याटरको केही चलेनन् ।
जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रनमा सिमित बन्न पुगे । भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार । टी–२० मा भारतले अहिले सम्मको यो सबैभन्दा कम रनस्कोर पनि थियो ।
पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन बनाए । उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे । इमाद वसिमले २३ बलमा १५ रन जोडे भने कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३–१३ रनको योगदान दिए ।
भारतका लागि जसप्रित बुमराहले ३ तथा हार्दिक पाण्ड्याले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेटको क्षतिमा १ सय १९ रन बनाएको थियोे । खेलमा भारतले खराब सुरुवात गरेको थियो । मात्र १२ रन बनाउँदा विराट कोहली आउट भएका थिए भने १९ रनमा भारतले कप्तान रोहित शर्मालाई गुमाएको थियो ।
कोहलीले ४ रन मात्र बनाउन सके भने शर्माले १२ बलमा १३ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे । त्यसपछि ऋषभ पन्त र अक्षर पटेलले भारतको इनिङ्स सम्हाले । दुईले मिलेर ३० बलमा ३९ रन जोडे । पन्तले टोलीका लागि सर्वाधिक ४२ रन बनाए । ३१ बलको सामना गर्दै उनले ६ चौका हिर्काए ।
अक्षर पटेलले १८ बलमा २० रन जोडे । उनले २ चौका र १ छक्का प्रहार गरे । पन्तले त्यसपछि सूर्यकुमार यादवसँग २२ बलमा ३१ रनको साझेदारी गरे । तर, पनि भारतले लगातार विकेट गुमाउन पुग्यो । पाकिस्तानका लागि नसिम शाह र ह्यारिस राउफले ३–३ विकेट लिए । ४ ओभर बलिङ  गर्दै शाहले २१ रन मात्र खर्चिए । त्यस्तै, राउफले ३ ओभर बलिङ गर्दै २१ रन दिए । मोहम्मद आमिरले २ विकेट हात पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै