नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको सपथ लगातार तेश्रो पटक लिए

   २८ जेष्ठ २०८१, सोमबार ०७:०८  

नयाँ दिल्ली, एजेन्स । भारतमा सम्पन्न लोकसभाको निर्वाचन पछि भारतीय प्रधानमन्त्रीमा लगातार तेश्रो पटक सपथ लिएर नरेन्द्र मोदीले ।
मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनीयताको शपथ खुवाइन ।   मोदी सन् २०१४ मा पहिलो पटक भारतको प्रधानमन्त्री निर्वाचित भएका थिए । २०१९ मा मोदी दोस्रो पटक भारतको प्रधानमन्त्री बने । अहिले २०२४ मा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिए । लगातार तेश्रो पटक प्रधानमन्त्रीको सपथ लिने जवाहरलाल नेहरु पछिको दोश्रो व्यक्ति मोदी नै भए ।
शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), बंगलादेश, श्रीलंका, भुटान, मालदिभ्स लगायत विभिन्न देशका राष्ट्र प्रमुखहरू उपस्थित थिए ।
नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ५४३ सिटमध्ये २९३ सिट जितेर सरकार बनाएको छ । तर, यसपटक भाजपाले आफ्नै बलमा बहुमत ल्याउन सकेन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै