५३३ सवारी चालकलाई कारवाही, ६ लाख १४ हजार राजस्व असुली गरे ट्राफिक प्रहरी

   २८ जेष्ठ २०८१, सोमबार १८:१४  

फाइल तस्वीर

रौतहट, २८ जेठ । विगत १० दिनमा सवारी ऐनकानुन उलंघन गर्ने ५३३ जनालाई कारवाही गरी नेपाल सरकारको राजस्व खातामा जरिवानाको रकम जम्मा गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी गरिएका प्रेस नोटमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटबाट गरिएका चेकजाँचको क्रममा सवारी नियम उलंघन गर्ने ५३३ जना सवारी चालकलाई कारवाही गरेर दण्ड जरिवाना असुल उपर गरी नेपाल सरकारको राजस्व खातामा जम्मा गरिएका हुन् ।
सवारी ऐनकानुनको वर्खिलाप गरेर सवारी साधन गुडाउने विरुद्ध नियमित रुपमा ट्राफिक प्रहरीले गर्दै आएको चेकजाँचको क्रममा ५३३ सवारी चालकलाई कारवाही गरी ६ लाख १४ हजार दण्ड जरिवाना गरिएका रकम नेपाल सरकारको राजस्व खातामा जम्मा गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै