भारतीय रासायनिक मलको गोरखधन्धा, नेपाली बोरामा प्याक गरेर तस्करको रजगज

   २९ जेष्ठ २०८१, मंगलवार १६:२५  

तराई टप संवाददाता
रौतहट, २९ जेठ । भारतीय रासायनिक युरिया मलखाद्यलाई अबैध रुपमा नेपालमा भित्रयाइएर नेपाली बोरामा प्याक गरेर अबैध कारोवार निर्वाध रुपमा संचालन हुँदै आएको पाइएका छन् ।
बारा जिल्लाको कचोर्वा झरौखर भएर सुरक्षाकर्मीको सेटिंगमा नेपाल भित्रिने भारतीय रासायनिक युरिया, डिएपी सहितका मलखाद्यलाई कारोवारीहरुले गोदाममा नेपाल सरकारको अनुदानमा वितरण गरिने रासायनिक मलखाद्यको बोरा जस्तै छपाएर त्यसैमा प्याक गरी रौतहट, वारा, सर्लाही, पर्सा सहित अन्य जिल्लाहरुमा पठाउने गरिएका पाइएका हुन् ।
यसैक्रममा बाराको पटेर्वाबाट रौतहटमा ल्याएका उक्त मलखाद्यलाई विशेष सुराकीको आधारमा नेपाल प्रहरीले कटहरिया नगरपालिका वडा नम्वर ९ स्थित सडकबाट दुई दिन अघि चार वटा भारतीय नम्वरको मोटरसाइकलमा २२ बोरा युरिया मलखाद्य बेवारिसे अवस्थामा बरामद गरेको थियो ।
रौतहट प्रहरीले बरामद गरेका २२ बोरा युरिया मलखाद्यको वारेमा गहन अनुसन्धान गर्दै जाँदा बारा जिल्लाको झरौखर, कचोर्वा, सिम्रौंनगढ सहितका नाकाहरुलाई प्रयोग गरेर रातिको समयमा रासायनिक मल नेपाल भित्रयाएर नेपाली बोरामा प्याक गरेर अवैध कारोवार भईरहेको श्रोतले दाबी गरे ।
यस्ता कार्यमा बारा कचोर्वा, सिम्रौनगढ सहितका नेपाल प्रहरी र सशसत्र प्रहरीको साँठगाँठमा अबैध गोरखधन्धा जारी रहेको ति श्रोतले दाबी गरे । नेपाली बजारमा भारतीय रासायनिक मललाई नेपाली बोरामा प्याक गरेर सर्वसाधारण किसानहरु संग ठगिधन्धा जारी राखेको ति श्रोतले गुनासो गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै