मुद्दा मिलाइ दिने ठग प्रहरी नियन्त्रणमा

   २९ जेष्ठ २०८१, मंगलवार १७:३८  

रौतहट, २९ जेठ । अनुचित लेनदेनका पीडित संग रकम असुल्ने एक जना ठगलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएर कारवाही सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गौर अगाडी विगत केही समय देखि सक्रिय रहेर अनुचित लेखदेनको पीडितलाई मिटरव्याजको निवेदन जिल्ला प्रशासन कार्यालयमा दर्ता गराइदिन्छु तर ५० हजार दिनुपर्छ भनेर रकम लिईरहेको प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमवार साँझ ५ बजेको समयमा नियन्त्रणमा लिई कारवाही सुरु गरेको हो ।
देवाही गोनाही नगरपालिका वडा नम्वर ७ घर भएका हरी साहको ४५ बर्षिय छोरा भरोसी साहलाई रकम ठगि गरिरहेकै अवस्थामा हामीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
साहले पिडित संग ५० हजार रकम माग गरेको र उक्त रकम सिडिओ साव र कर्मचारीलाई बाँडफाँड गर्नुपर्छ भनेर रकम लिन लागेको खवर विश्वस्त सुत्रबाट थाहा भएपछि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात अबैध रुपमा रकम असुल गरेर ठगि कसुर अन्तर्गत कारवाही सुरु गरिएको डिएसपी गिरीले भनिन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै