सुपारी दिने किलर बोल्खे प्रहरी फन्दामा

513 Shares

तराई तप संवाददाता
रौतहट, १९ असोज । पुरानो रिसिवीको कारण ३ लाख नगद दिएर मान्छे मार्न लगाएको आरोपमा फरार रहेका एक जना व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ४ कप्तान टोल का ३८ बर्षिय सहदेव भन्ने डोल प्रसाद वोलखेलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरले पक्राउ गरेको हो ।
चन्द्रपुर नपा ३ गैडाटार का ५० बर्षिय रोहीणी प्रसाद घोरासैनीलाई मार्नको लागि गैडाटार बस्ने बर्ष ४५ को प्रल्हाद फुयाल, पर्सा जिल्ला पर्सागढी गाउपालिका ३ का २४ बर्षिय रमेश पहरी र जिल्ला नवलपरासी (पूर्वी) कावासोती नपा ८ का २३ बर्षिय सुर्य बहादुर भण्डारीलाई ३ लाख सुपारी दिई हत्या गर्न लगाएका थिए । गत भदौ २६ गते घोरासैनीको हत्या भएपछि प्रहरीको सुक्ष्म अनुसन्धानको क्रममा सुपारी दिने व्यक्ति फरार भएपनि अन्य तिन जनालाई प्रहरीले नियन्त्रणमा लिई कत्तव्र्य ज्यान कसुरमा मुद्दा चलाएको थियो । सुपारी दिने फरार अभियुक्त बोल्खेको प्रहरीले निकै प्रयास पछि पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
गैडाटार स्थित कालापानी सामुदायिक वन को झाडी भित्र मृतक घोरासैनीलाई मारेर पिरपिरेको रुखको हाँगामा गम्छाको पासो लगाएर झुण्डयाईएको घटनाको मुख्य योजनाकार रहेको आरोपी वोलखेलाई खोज तलास गर्ने क्रममा असोज १७ गते राती काठमाण्डौबाट स्थानिय प्रहरीहरुको सहयोगमा पक्राउ गरेको उनले भने ।
पक्राउ परेकाहरुलाइ रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको डिएसपि लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार