जसपा अध्यक्षमा उपेन्द्र यादव निर्विरोध

37 Shares

जनकपुरधाम, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष पदमा उपेन्द्र यादवलाई सर्वसहमतीबाट निर्विरोध निर्वाचित भएका छन् ।
बुधवार विहान भएको मनोनयन पत्र दर्ता गर्ने निर्धारित समयमा अध्यक्ष पदमा निवर्तमान अध्यक्ष यादवको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएपछि उनी निर्विरोध रुपमा निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका संयोजक महम्मद समिम अखतर अलीले अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध भएको बताए । बाँकी पदाधिकारी तथा सदस्यहरूमा बढी उम्मेदवारी परेकोले निर्वाचक प्रक्रिया अनुसार नामावली प्रकाशन गर्ने तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिए ।

सम्बन्धित समाचार