सडक डिभिजन र नेपाली सेना बीच कुनै फरक नरहेकोः आजपा अध्यक्ष साहको टिप्पणी

59 Shares

रौतहट, ३० जेठ । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रमुख प्रभु साहले सडक डिभिजन र नेपाली सेनमा कुनै फरक नरहेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभाको बैंठकमा विशेष समय लिएर सम्बोधन गर्दै अजपा अध्यक्ष एवं रौतहट ३ बाट संसद रहेका साहले नेपाली सेनालाई विकास निर्माणको कार्यमा लगाउन सकिने तर ठेक्का उसले नै लगाउने विषयलाई लिएर सडक डिभिजन र नेपाल सेनामा कुनै फरक नरहेको टिप्पणी गरेका हुन् ।
‘नेपाली सेनालाई हामीले विकासमा लगाउन सक्छौं। लगाएकै छौं, तर उसैले ठेक्का लगाउने हो भने सडक डिभिजन र आर्मीमा के फरक भयो ? प्रश्न उठाउदै उनले ठेकेदार मार्फत नै गर्ने हो भने सेना मार्फत किन गराउने ?’ उनले गम्भीर प्रश्नचिन्ह खडा गरेर सरकार संग साधे ।
नेपाली सेना सम्मानित एवं अनुशासित संस्था भएको उल्लेख गर्दै साहले ‘सेना प्रतिको धारणा एवं हैसियत नघटाऔं ।’ उनले भने । सेनालाई आधुनिक बनाउन आवश्यक रहेको र यसका लागि सरकारले स्पष्ट नीति लिनुपर्ने साहले सुझाव दिए ।

सम्बन्धित समाचार