उईगर मुस्लिम पनि मानव हो मानव जस्तो व्यवहार गरौं भन्दै नेपालगञ्जमा रयाली प्रदर्शन

   १९ आश्विन २०७८, मंगलवार १५:३७  

तराई टप संवाददाता
बाँके, १९ असोज । बाँकेको नेपालगञ्जमा रहेको मुस्लिम समुदायहरु मोहरम पछि मनाइने चालिसवा पर्व धुमधामको साथ मनाएका छन् ।
नेपालगञ्जमा बसोबास गर्ने विभिन्न मुस्लिम समुदायले कब्रगाहमा पुग फातिया प्रार्थना गर्ने गर्दछन् र आफ्नो हसैन हुसैनको सहिदीको रुपमा मोहरम र चालिसवा पर्व मनाउने प्ररमपरा धेरै पुरा रहिआएको छ । प्रत्येक बर्ष जस्तै मनाइने यो पर्वलाई यसपाली कोभिड १९ को मध्यनजर राख्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर घर आगनमा स्थापना गरेको ताजिया विसर्जन गरी धुमधामको साथ मनाए ।
उक्त पर्वको अवसरमा भेला भएका मुस्लिम अगुवाहरु विश्व भरीका सम्पूर्ण मुस्लिम समुदायका सदस्यहरुलाई शान्तिपूर्वक, धर्यका साथ रहन रहम गर भन्दै नेपालगञ्जकामा रहेका मुस्लिम युवाहरुले म पनि उईगर मुस्लिम भन्ने टि शर्ट लगाएर जुलुस समेत निकालेका थिए ।
चीनमा उईगर मुस्लिम समुदायका बासिन्दाहरु माथि चाईना सरकारले गरिरहेको चरम शोषण, भेदभाव एवं क्रुरता जस्ता कार्यको ति युवाहरु विरोध जनाउदै उईगर मुस्लिम पनि मानव हो, मानवलाई कुनैपनि मुलुकमा बाँच्ने अधिकार छ तर मानव माथि दानवको व्यवहार गर्नु न्यायोचित नभएको टिप्पणी गरेका थिए ।
चीनको सिन्ज्यांग प्रान्तमा बसोबास गर्ने उईगर मुस्लिम समुदायलाई पनि शान्तिका साथ बाँच्ने अधिकार हुनुपर्छ भन्दै साँकेतिक भाषामा सबैको ध्यानाकर्षण गराए । उईगर मुस्लिम हुँ भन्दै नेपालगञ्जको विभिन्न वडामा बस्ने मुस्लिम युवाहरु मोटरसाईकल रयालीमा सहभागी भए । पैदल हिंड्ने क्रममा सो सन्देश फैलाउने उद्दश्यबाट सबै जातजातिलाई मानव अधिकारको सुनिश्चितता हुनुपर्ने आवश्यक रहेको त्यसमा पनि उईगरहरुको अधिकार पनि सुश्चिति गराउनुपर्ने विश्वका मुस्लिमहरुले आवाज उठाउनुपर्ने जिकिर नेपालगञ्जले सन्देश दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै