जसपाको एकता महाधिवेशनबाट अध्यक्ष यादवलाई केन्द्रीय पदाधिकारी चयन गर्ने जिम्मेवारी दिइयो

56 Shares

जनकपुरधाम, ३१ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकता महाधिवेशनबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका उपेन्द्र यादवलाई सहमतीमै पदाधिकारीको चयन गर्न जिम्मेवारी तोकेका छन् ।
जसपाको एकता महाधिवेशनबाट पार्टी भित्र सबै नेता कार्यकर्ताहरु बीच एक मत रहेको सन्देश दिन एवं नवनिर्वाचित अध्यक्ष यादवलाई नै सर्वोच्च नेता मानेर केन्द्रीय समितिमा पदाधिकारीहरुको चयन गर्ने अधिकार प्रत्योजन गरिएका हुन् ।
तत्पश्चात जसपा नेपालको महाधिवेशनबाट नेतृत्व सहमतिमै टुङ्ग्याउने निर्विरोध निर्वाचित अध्यक्ष यादवले घोषणा गरे । महाधिवेशन प्रतिनिधिहरूलाई भेला गरी सम्बोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमै चयन गर्ने उनले घोषणा गरेका छन् ।
अध्यक्ष यादवको आग्रहमा सबै उम्मेदवारहरुले आ आफनो उम्मेदवारी फिर्ता लिए । महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार २०१ केन्द्रीय सदस्य र २० पदाधिकारीका लागि ३७२ उम्मेदवारी परेको थियो ।
अध्यक्ष यादवले चुनाव गराएमा एउटै भूगोल र समुदायका नेताहरू चयन हुने बताएका थिए । उनले भने, ‘सबैलाई समेट्न हामीलाई चुनौती छ । हामीले हिमाल, पहाड र तराई÷मधेशका सबैको समान प्रतिनिधि हुनु आवश्यक रहेको छ । त्यसैले जनजाति र खस आर्यलाई पनि समेटेर टिम बनाउनु पर्नेमा नवनिर्वाचित अध्यक्ष यादवले जोड दिए । अध्यक्ष यादवले अध्यक्ष पदको सपथ लिए ।

सम्बन्धित समाचार