चिनियाँ नितिको कारण व्यापारीहरु कष्ट भग्दै आएपनि नेपाल सरकारको ध्यान जान सकेको छैनन

   १९ आश्विन २०७८, मंगलवार १६:०७  

तराई टप संवाददाता
काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनतर्फको नाका नेपाली व्यापारीहरुको लागि निकै कष्टकर बन्दै गएको छ । पछिल्लो समयमा नाका आंशिक मात्र खुलाए पनि नेपालीहरूको महान चाँडपर्व दसैँ तिहारको मुखमा आएर चिनियाँ विचौलियाहरुले व्यापारमा अवरोध खडा गरिरहेको हो । तर, यस्ता विचौलियालाई नियन्त्रण गर्ने तर्फ चीन सरकारले कुै तदारुक्ता देखाएको छैनन जसको कारण नेपाली व्यापारीहरुको लागि निकै कष्टकर बन्द गरेका छन् । चीनबाट नेपालतर्फ ल्याउन मालसामान लोड गरिएका कन्टेनरलाई रसुवागढी सम्म व्यवस्थापन गर्ने नाममा स्थानीय चिनियाँहरु अवरोध गरिरहेका छन् । यतिखेर दशैं तिहारकै लागि मालसामान लोड गर्न रसुवागढी–केरूङ नाका पुगेका नेपाली व्यवसायीहरूलाई चिनियाँ पक्षले असान्दर्भिक शर्त राखेर शुल्क असुलिरहेको आरोप नेपाली व्यापारीहरुले लगाए । प्रत्येक कन्टेनरबाट अधिकतम १० लाख रुपैयाँ सम्म असुल्ने गरेको व्यवसायीहरूले जानकारी दिएका छन् ।
केरूङदेखि रसुवागढी सम्मको दूरी करिब ३० किलोमिटर छ । जुन बाटोमा मालसामान ढुवानीको कुनै थप शुल्क लाग्दैन । तर, अहिले स्थानीय विचौलियाहरूले व्यवस्थापनको नाममा निकै रकम असुल्ने गरेका छन्, नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले बताए ।
कोभिड–१९ पछि चिनियाँ पक्षले एकलौटी रुपमा मालसामान निर्यात अवरोध त गर्दै आएको थियो, थप नाकामा मालसामान ढुवानी व्यवस्थापनको नाममा स्थानीय तिब्बतीहरूले व्यवसायीहरूलाई डरत्रास देखाएर पैसा असुल्न थालेपछि समस्या परेको श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार चिनियाँहरूले एक टिप मालसामान सिमापार गरेबापत ४० देखि ५० हजार युआन अर्थात् ८ देखि १० लाख नेपाली रुपैयाँसम्म असुलिरहेका छन् । तर, यसतर्फ नेपाल सरकारको ध्यान जान सकेको छैन ।
त्यसो त लामो समयदेखि एकपक्षीय ढंगले चिनियाँ पक्षले नेपालतर्फ मालसामान निर्यातमा अवरोध गरिरहँदा समेत नेपाल सरकारले खासै भूमिका खेल्न सकेको छैन । अहिले चिनियाँ विचौलियाहरूले दुःख दिँदा पनि सरकारले केही गर्न नसकेको भन्दै व्यवसायीहरू आक्रोशित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै