सुपर ८ मा पुग्न इंग्ल्याण्डको आशा जिवितै

30 Shares
टि–२० विश्व कप को सुपर ८ मा पुग्न इंग्ल्याण्डको सम्भावना कायमै रहेको छ ।
ओमानलाई ३.१ ओभरमा ८ विकेटले हराउदै इंग्ल्याण्ड जारी विश्वकपमा पहिलो जित हारे पारेको हो ।
शुक्रबार बिहान सम्पन्न भएको खेलमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गर्यो । ४८ रनको झिनो लक्ष्य पाएको इंग्ल्याण्डले ३.१ ओभरमा मात्र २ विकेटको क्षतिमा पुरा गर्यो । कप्तान जोस बट्लरले नटआउट रहेर ८ बलमा २४ रन बनाए । उनले यस क्रममा ४ चौका र एक छक्का प्रहार गरे ।
ओपनर फिल साल्टले ३ बलमा १२ रन जोडे । उनले सुरुवाती दुई बललाई नै छक्का प्रहार गरेका थिए । जोनी बेयर्स्टो ८ रनमा नटआउट रहे ।
यसअघि पहिले ब्याटिङ गरेको ओमानले १३.२ ओभरमा अलआउट हुँदै मात्र ४७ रन बनाउन सक्यो । सोएब खानले २३ बलमा ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । इंग्ल्याण्डको लागि आदिल रसिद ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । जोफ्रा आर्चर र मार्क वुडले ३–३ विकेट लिए । दुवैले १२–१२ रन मात्र खर्चिए ।
समूह सीमा इंग्ल्याण्डको यो पहिलो जित हो । टोली ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । तर, आजको जितले टोलीको नेट रन रेट ३.०८१ पुगेको छ ।
ओमानको भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

सम्बन्धित समाचार