“बाल विवाह मुक्त दुर्गा भगवती गाउँपालिकाको अभियान”

67 Shares

रौतहट, ३२ जेठ । “बाल विवाह मुक्त दुर्गा भगवती गाउँपालिकाको अभियान” सबै भन्दा कम बालविवाह भएको वडाध्यक्ष र सचिवलाई सम्मान कार्यक्रम शुक्रवार आयोजना गरियो ।
दुर्गा भगवती गाउँपालिकाद्धारा वडा नम्वर १ सामुदायिक भवनमा आयोजित “बाल विवाह मुक्त दुर्गा भगवती गाउँपालिकाको अभियान” कार्यक्रममा वडाध्यक्ष र सचिवलाई सम्मान गरिएका हुन् ।
सबै भन्दा बालविबाह कम भएको एवं जनचेतना जगाउने उद्देश्यबाट वडा नम्वर ३ मत्सरीमा बालबाविवाह सबै भन्दा कम भएकोमा वडाध्यक्ष धर्मेन्द्रकुमार झा (डिके) र सचिव उमेश चौधरीलाई सम्मानित गरियो । विगत तिन बर्षको डाटा निकाल्दा दुई पटक वडा नम्वर ३ उत्कृष्ट भएकोमा वडाध्यक्ष र सचिवलाई गाउँपालिका अध्यक्ष शम्भु सिंहले दोसल्लाह, माला र सम्मानपत्र दिएर सम्मानित गरका छन् ।
यसैगरी वडा नम्वर २ का वडाध्यक्ष सुरेश चौधरी र सचिव, वडा नम्वर ४ का वडाध्यक्ष रामानन्द यादव र सचिव रामबाबु यादव, वडा नम्वर ५ का वडाध्यक्ष धर्मनाथ चौधरी र सचिव तथा वडा नम्वर १ का प्रदुमन चौधरी र सचिव राजेश दासलाई प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष सिंहले सम्मान गरे
सो कार्यक्रममा बालविवाह सम्बन्धी नाटक, प्रहसन लगायतका प्रदर्शनहरु गरिएका थिए । गाउँपालिकाबाट हर्षोल्लासका साथ स्थानीय बासिन्दाहरुको सामुदायिक भवनमा उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि गापा अध्यक्ष शम्भु सिंहले उमेर नपुगेका बालबालिकाहरुलाई विवाह गर्दा उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको तथा कलिलो उमेरमा विहेवरी मानव स्वास्थ्य संगको खेलवाड भएको चर्चा गरे । उमेर नपुगेर विवाह गर्नेहरुलाई कानुनी अपराधको भागिदार बन्नु पर्ने हुन्छ, तिन बर्ष कैद र ३० हजार नगद जरिवाना हुने भएको हुँदा उमेर पुगेर मात्रै आ आफना छोराछोरीहरुको विहेवारी गर्न सुझाव दिए ।
गाउँपालिकाको उपाध्यक्ष शिला देवीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धानको उपनिर्देशक वडाध्यक्षहरु सुरेश चौधरी, डिके झा, रामानन्द यादव र धर्मनाथ चौधरी मन्तव्य राखेको थियो भने प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकले स्वागत गरे । दिपक चौधरी र सुरज मिश्राले उदघोषण गरे भने कार्यक्रम माथि बालविवाह फाँटका संयोजक मोनिका चौधरीले प्रकाश पारेको थियो ।

“बाल विवाह मुक्त दुर्गा भगवती गाउँपालिकाको अभियान” सबै भन्दा कम बालविवाह भएको वडाध्यक्ष र सचिवलाई सम्मान कार्यक्रम शुक्रवार आयोजनाको तस्वीर फिचर 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।