गौर बैरगनिया नाकामा सवारी साधन सुचारु नहुदा उपभोक्ता एवं व्यावारी मर्कामा

364 Shares

तराई टप संवाददाता
रौतहट, १९ असोज । कोभिड १९ को कारण नेपाल सरकारले १८ महिना पछि नेपाल भारत नाका खुलाउने निर्णय गरे तापनि रौतहटको सीमा संग जोडिएका भारतीय नाका नखुल्दा सर्वसाधारण उपभोक्तहरु निकै सास्ती खेप्नु परेको छ भने सीमानाका संचालन नहुँदा जिल्लाका स्थानीय व्यापारीहरु पनि निराश बनेका छन् ।
नेपालको सवै भन्दा ठूलो पर्व बडादशैँ तिहार आइपुग्दा पनि भारतीय पक्षले सीमानाका भएर सबारी साधनको अवागमन सहज रुपमा संचालन गर्न नदिदा दशैँमा पूजाको सामग्री किन्न भारत जाने सर्वसाधारणहरु उपभोक्ताहरु निकै सास्ती खेप्नु परेका हुन् । पूजाका कतिपय सामग्री भारतीय बजारमा रहेका एउटै पसलमा सजिलै र सुपथ मूल्यमा पाइने गरिन्छ तर त्यही सामान नेपालको बजारमा भने धेरै डुलेर किन्नु पर्ने र महँगो मूल्य तिर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणको भनाइ छ ।
मधेसी समुदायका मानिस व्रत बस्ने र विभिन्न सामग्रीले पूजा गर्ने चलन रहेको छ । पूजाको सबै सामग्री सहज रुपमा नेपाली बजारमा उपलब्ध नहुँदा भारतीय बजारमा पूजाको सामग्री सजिलै पाइने हुँदा तर भारतीय पक्षले नाका सुचारु नगर्दा निकै अप्ठ्यारो भएको गौरका स्थानीय बासिन्दा रुपेश सिंहको भनाइ छ ।
भारतीय बजारमा जानको लागि पैदल बाटो खुल्ला रहेको भए पनि पैदल हिँडेर जान बजार टाढा रहेको र रिक्सामा सामान ल्याउँदा दुई तीन पटक एक रिक्साबाट अर्कोमा राख्दा सामान फुट्ने, झोला च्यातिएर छर्ने तथा सामानको गुणस्तर नै कमजोर हुने समस्याले सर्वसाधारण उपभोक्ता भारतीय बजारमा जान कमै रुचाएको सिहको भनाइ छ ।
सीमानाका सहज नहुँदा सीमा क्षेत्रका नेपाली बजारहरुमा पनि प्रतिकूल असर परेको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालको बताए । भारतीय सीमानाका सहज नहुँदा गाउँबाट मानिस सदरमुकाम गौरमा सामान खरिद गर्न आउन छाडेकोले व्यावसायीलाई निकै घाटा भएको अध्यक्ष जयसवालको गुनासो छ ।
सीमानाका सहज हुँदा नेपाली र भारतीय ग्राहकले भरिभराउ हुने पसलमा अहिले ग्राहक नहुँदा व्यावसायी निराश भएको शिवशक्ति इम्पोरियमका संचालक राजु अग्रवालले बताए । भारतीय पक्षले सीमानाकाबाट सबारी साधन सहज रुपमा आवागमन गर्न नदिँदा नेपाल र भारत दुवै देशका सीमावर्ती बजारका व्यावसायी प्रभावित भएको उनको ठम्याई रहेको छ ।
कोभिडको असर कम हुँदै गएकोमा नेपाली पक्षद्धारा सिमा सुचारु गरिएको तर भारतीय पक्षद्धारा अवरोध कायमै रहदा सुचारु हुन पाएको छैनन् । भारतीय श्रोतको अनुसार दशै तिहारको मध्यनजर राख्दै गौर बैरगनियाको नाका सुचारु हुने सम्भावना निकै न्यून रहेको छ । खुला सिमा भएर विभिन्न अपराधिक व्यक्तिहरुको प्रवेश माथि निगरानी राख्नका निमित्त अहिले नाका नखुल्ने ति श्रोतले दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार