मौसम अपडेटः आज कुनकुन प्रदेशमा पानी पर्ने सम्भावना छ ?

39 Shares
रौतहट, ४ असार । नेपालके पूर्वी क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव सक्रिय रहनुका साथै अन्य भुभागमा स्थानीय वायु तथा भारत विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेका छन् ।
मनसुनी प्रणाली, स्थानीय बायु तथा विहार आसपास बनिरहेका न्यून चापीय क्षेत्रको प्रभावको कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण रुपमा बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेका हुन् ।
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने छ । कोशी प्रदेशका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार