“घाँटी थिचेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ”

43 Shares

रौतहट, ४ असार । “घाँटी थिचेर आफनै श्रीमतीको हत्या गर्ने श्रीमानलाई रौतहट प्रहरीले पक्राउ” गरेर ज्यान सम्बन्धी (कत्र्तव्य ज्यान) कसुरमा मुद्दा चलाइएको छ ।
राजपुर नगरपालिका वडा नम्वर ५ मदनी चोकमा गत जेठ ३२ गते विहान ४.३० बजेको समयमा मसुद आलम लहेरीले ३७ बर्षिया जेठी श्रीमती नजाबुन नेसालाई घाँटी थिचेर हत्या गरेका थिए ।
लहेरीले आफनै फुसको घरमा जेठी श्रीमती नेसालाई घरायसी कचकचको कारण घाँटी थिचेर हत्या गरिएको थियो । प्रहरीले घटनाको सूचना पाउना साथ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरीले आवश्यक अनुसन्धानको क्रममा मृतक महिलाको श्रीमान लहेरी संग सोधपुछ गर्ने क्रममा अन्ततः घाँटी थिचेर मारेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जनकारी दिईन् ।
आफूले नै श्रीमती नेसाको हत्या गरेको स्वीकार गरेपछि प्रहरीले ज्यान समबन्धी कसुर (कत्र्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थप गराएर आवश्यक अनुसन्धान भईरहेको डिएसपी गिरीले भनिन ।

सम्बन्धित समाचार