दुर्गा पुजाको आरम्भ तथा यसको महत्व

   २१ आश्विन २०७८, बिहीबार ०६:३०  

प्रभातकुमार झा
या देवी सर्वभुतेशु दुर्गा रुपेण संस्थीता नम तस्यै, नम तस्यै, नम तस्यै नमो नम ः । आश्विन शुक्ल प्रतिपदा अर्थात देव पक्षको पहिलो दिन माता शैलपुत्रीको नामबाट प्रख्यात रहेकी माँ जगदम्बाको पुजाको साथ आज देखि विधिवत रुपमा दुर्गा पुजाको सुरुआत भएको छ ।
अशुरहरुले मच्चाएको उत्पात, देवदेवीहरुलाई समेत अप्ठयारोमा पारेका अशुरहरुलाई तह लगाउन माँ चण्डी दुर्गाको विभिन्न रुप धारण गरेर महिषासुर नामक असुरलाई धेरै अवसरहरु दिए तर भनिन्छ “नाशे काल विपरित बुद्धि” भने झै माँ भगवती रुपी शक्तिलाई समेत आफनो अधिनमा पार्न खाज्ने महिषासुरलाई बध गर्नु पर्यो, त्यही आदी काल देखि दुर्गा पुजाको महत्व बढेर गएको पुराना इतिहासकालिन संग्रहहरुमा उल्लेख गरिएको हो ।
दुर्गा पुजाको दुई किसिमले गरिन्छ पहिलो तान्त्रिक पद्धती र दोश्रो खोडस पद्धती हुन्छ । अहिले दुर्गा पुजा प्राय ः स्थानमा धुमधामको साथ मनाउने गरिन्छ, तर पूर्ण विधि विधानको साथ रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मा अवस्थित मत्सरीमा दुर्गा पुजा गरिन्छ त्यसो विरलै अन्य स्थानमा पुजार हुने गर्दछ ।
गत १०३ बर्ष अघि मत्सरी गाउँमा हैजा महामारीको प्रकोप अत्याधिक रुपमा थिए, जसको कारण दैनिक १५ देखि २० जनाको मृत्यु हुने गरेको थियो । त्यो वेलामा अविश्वास, रुढीवादी परमपरा अत्याधिक हाबी थियो । उपचारको चरम अभाव थियो । उपचारको अभावमा अनाहकमा ज्यान गुमाउनेहरुको संख्या बढेको थियो । शिक्षाको स्तर पनि निकै न्यून मात्रामा थियो । गाउँको अवस्था विकराल थियो । त्यही वेला भारत दरभंगा नजिकको उचैठ दुर्गा मन्दीरको पुजेरी कुनै काम विशेषले मत्सरीमा आएका थिए । उनले भने तान्त्रिक पद्धतीबाट दुर्गाको पुजा गर्न सलाह दिए । त्यही समय देखि दुर्गा पुजा आरम्भ गरिदा हैजा नामक रोग निवारण भएपछि मत्सरीवासीको दुर्गा पुजा प्रति विश्वास बढे अन्तत ः उक्त समय देखि गरिदै आएको पुजा अहिले सभ्य र भव्य रुपमा मनाइदै आएको छ ।
सम्पूर्ण ग्रामवासी र बाहिरी केही व्यक्तिहरुले दिएको चन्दाबाट मन्दिरमा तान्त्रिक पद्धतीबाट पुजा हुँदै आएको आज १०३ बर्ष भएको छ । आशुरी शक्तिलाई परास्त गरी समाजमा अमन चैन स्थापना गरेकी देवीको नाममा गरिने दुर्गा पुजा आजबाट विधिवत रुपमा आरम्भ भएको छ ।
आज शैलपुत्रीको पुजा गरी दुर्गा पुजा आरम्भ हुनेछ । यसपाली ९ पुजा मात्रै रहेको छ । षष्ठी तिथि दंग रहेको अर्थात पंचमी तिथिमै षष्ठी रहेको हुँदा वेल निमन्त्रण आउदो सोमवार हुने भएको छ । वेल निमन्त्रण पुजालाई भव्य बनाउन मत्सरीका युवाहरुले हेलिकप्टरको व्यवस्थापन गरेको छ । जसले बेल निमन्त्रणको लागि माँ भगवतीको डोला विल्वको रुख तर्फ प्रस्थान गर्छ त्यो समयमा अकाशबाट पुष्प वर्षा गर्दै अघि बढ्दा पुजालाई सभ्य एवं भव्य बन्ने विश्वास माँ भगवतीको अशिम कृपाबाट काठमाडौंमा रहेका युवाहरुको रहेको छ ।
मत्सरीमा हुने तान्त्रिक पद्धतीबाट पुजाको महत्व रौतहट जिल्ला मात्रै नभई मध्य तराईका जिल्ला बाहेक भारत विहारको विभिन्न जिल्लामा यसको महत्व वारे थाहा छ र उनीहरु प्राय ः दुर्गा पुजाको समयमा आउने गर्दछ । माँ भगवतीको प्रतिमा बनाउन भारत दरभंगा नजिककै कालिगढद्धारा बनाइने गरिन्छ । उक्त कालिगढको हजुर बुवा (बाजे) ले नै माँ भगवती सहितको विभिन्न देवी देउताहरुको प्रतिमा बनाउने गर्दथ्यो । त्यसैलाई निरन्तरता दिदै उनको नातिले बनाउदै आएको छ । अहिले जुन कालिगढले बनाउदैछ उसले एकलै माँ भगवती सहितको सवै देवी देउताको प्रतिमा बनाउने गरेको छ तर उ हातबाट अपाँग भएपनि माँ भगवतीको आशिर्वादको कारण कलामा माहिर रहेको छ ।
दुर्गा मन्दीर मत्सरी पुजा समिति मत्सरीको आयोजनामा हरेक बर्ष हुने दुर्गा पुजा हेर्न आउने भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । मन्दीरमा आएर सहि हृदयबाट मागको भाकल पुरा हुने गर्दछ, पुरा भएको भाकल चढाउने भक्तजनहरुको घुईचो लाग्ने गरेको छ । हुनत समय परिवर्तनको साथ आधुनिक्तमा कुनै कमि आएको छैनन । मेला हेर्न अहिले खासगरी मेलामा तामझाम सहितको प्रदर्शनहरु राखिदा हरेक पक्षलाई महत्व दिइएको छ । बाल बालिकाहरुलाई मनोरञ्जनात्मक पिंगहरुको व्यवस्थापन गरिदा मेलामा प्रतिपदा अघि देखि नै सुरु भएको छ । अन्तमा तपाई जहाँ भएपनि सत्य कर्ममा लाग्नु सफलता अवश्य पाइने छ, गलत कर्ममा लाग्दा पराजय अवश्य हुने छ यति मनन गर्दै आफनो सत कर्मको मार्गलाई कहिल्यै न छाड्ने संकल्प का साथ अघि बढौं । जय माँ भगवती, जय माँ दुर्गे । दुर्गा देव्यै नम ः ।ु

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै